अमेरिकी सांसदहरूबाट अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पेश


प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार

person holding black iphone 5

अमेरिकामा टिक टकलाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने उद्देश्यका साथ अमेरिकी सांसदहरूको समुहले नयाँ विधेयक पेश गरेका छन् । रिपब्लिकन र डेमोक्रेटिक सांसदहरूको द्विदलीय समूहले टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक ल्याएको हो ।

यो विधेयक टिकटक कम्पनीमा चिनियाँ सरकारको सम्भावित प्रभावको बारेमा ट्रम्प र बाइडेन प्रशासनको व्यापक चिन्ता पछि आएको हो। यो विधेयक पारित भएमा अमेरिकामा टिकटकमा प्रतिबन्ध लगाइनेछ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले अमेरिकामा चिनियाँ सरकारी अधिकारीहरूले चिनियाँ कानून अन्तर्गत अमेरिकी प्रयोगकर्ताको डाटामा पहुँच प्राप्त गर्न सक्ने डर पैदा गरेको छ । यद्यपी अमेरिकी प्रयोगकर्ताका डाटा सुरक्षित रूपमा चीन बाहिर भण्डारण गरिएको टिकटकले बताउदै आएको छ ।

white concrete building under clear blue sky

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ विधेयक रिपब्लिकन सिनेटर मार्को रुबियो, प्रतिनिधिसभामा रिपब्लिकन सांसद माइक गैलाघर, र डेमोक्रेटिक सांसद राजा कृष्णमूर्तिले ल्याएका हुन् । नयाँ विधेयकले चीन, रुस वा अन्य कुनै विदेशी सरकारको प्रभावमा रहेका सामाजिक सञ्जालहरुलाई अमेरिकामा प्रतिबन्ध लगाउनेछ।

रिपब्लिकन गभर्नरहरुले विभिन्न राज्यमा सरकारको स्वामित्वमा रहेका उपकरणहरूमा टिकटकको प्रयोगहरुम प्रतिबन्धहरु लगाइरहँदा यो विधेयक आएको हो । गत दुई हप्तामा मेरिल्याण्ड, साउथ डाकोटा र युटाह लगायत कम्तिमा सात राज्यहरूले राज्यका सरकारी उपकरणमा टिकटमा प्रतिबन्ध लगाएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com