मेस्सी र मोड्रिच : को माथि को पर्ला हावी ? कस्तो रह्यो दुबैको करियर ?


प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार

फुटबलमा सबैभन्दा ठूलो अवार्ड बालोन डी’ओर हो । यो अवार्ड हरेक वर्ष विश्वकै उत्कृष्ट खेलाडीलाई दिइन्छ । लुका मोड्रिच र लियोनल मेस्सी दुवैले यो उपाधि जितेका छन् । दुवैले विश्वकपको फाइनलमा आ–आफ्ना टोलीको हार देखेका छन् ।

क्रोएसिया र अर्जेन्टिनाका यी दुई लिजेण्डका लागि फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने यो अन्तिम मौका हो । आज मध्यरातबाट सुरु हुने विश्वकप फुटबलमा क्रोएसिया र अर्जेन्टिनाबीचको सेमिफाइनल खेल यी दुई दिग्गजको वरिपरि घुम्ने भएको छ ।

मेस्सी अहिले ३५ वर्षका भइसकेका छन् । लुका मोड्रिच ३७ वर्षका छन् । आगामी विश्वकपमा उनी नदेखिने पक्का छ । यो खेलले दुई मध्ये एकको करियर समाप्त हुनेछ भने फाइनल खेल अर्कोको अन्तिम खेल पनि साबित हुन सक्छ ।

त्यसोभए यी दुई महान योद्धाहरू मध्ये कुनले आफ्नो टोलीलाई आइतबारको फाइनलमा पुर्‍याउन सक्षम हुन्छन् ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेस्सी वा मोड्रिच – को ? को माथी हावी ?

यस विश्वकपमा दुवै खेलाडीले आ–आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । दुवैले क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा विपक्षीविरुद्ध गोल गरेका थिए । नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनलमा मेस्सीले नेतृत्व देखाउँदै पहिलो पेनाल्टी लिएका थिए । अर्कोतर्फ ब्राजिलविरुद्धको पेनाल्टी सुटआउटमा पनि मोड्रिचले गोल गरेका थिए ।

वास्तवमा मोड्रिच विश्वकपमा पेनाल्टी सुटआउटमा तीन पटक गोल गर्ने खेलाडी बनेका छन् । पछिल्लो विश्वकपमा मोड्रिचले डेनमार्क र रसियाविरुद्ध पेनाल्टी सुटआउटमा गोल गरेका थिए ।

खेल निर्धारित समय ९० मिनेटसम्म चलोस् वा अतिरिक्त समयमा जानुस्, मेस्सी अथक रूपमा उभिन्छन् । अहिले यो विश्वकपमा उनले चार गोल गरेका छन् भने दुई गोल गर्न सहयोग गरेका छन् ।

लुका मोड्रिचले कुनै गोल गर्न सकेनन् । तर उनी मेस्सीजस्तो फरवार्ड भने होइनन् । उनी मिडफिल्डमा खेल्छन् जहाँबाट गोल गर्ने मौका कम हुन्छ। मेस्सीले साउदी अरेबियाविरुद्ध पेनाल्टी, मेक्सिकोविरुद्ध एक गोल र एक गोल असिस्ट गरेका थिए। उनले अस्ट्रेलियाविरुद्ध पनि गोल गरेका थिए ।

इङ्ल्यान्डका पूर्व फुटबलर तथा प्रख्यात खेल कमेन्टेटर मार्टिन केओन भन्छन्, “मेस्सी कहिल्यै निराश हुँदैनन्। उनी उत्कृष्ट फर्ममा छन्। उनको जितमा आत्मविश्वास र विश्वासले अन्य खेलाडीहरूलाई पनि हौसला दिन्छ।”

अष्ट्रेलिया विरुद्ध मेस्सीको प्रदर्शन पछि इङ्ल्यान्डका डिफेन्डर रियो फर्डिनान्डले बीबीसीलाई भने, “यो विश्वकपमा यो उत्कृष्ट प्रदर्शन हो। यो एकदम ईश्वरीय प्रदर्शन थियो। मैले यस्तो जादू पहिले कहिल्यै देखेको छैन।”

अर्जेन्टिनाका पूर्व खेलाडी पाब्लो जाबालेटा भन्छन्, “मलाई लाग्छ कि मेस्सीलाई थाहा छ कि यो उनको अन्तिम विश्वकप हो। यो स्पष्ट छ कि उसले हरेक पल रमाइलो गरिरहेको छ।”

अर्का पूर्व इंग्लिस खेलाडी मिका रिचर्ड्सले ब्राजिलविरुद्धको क्रोएसियाको खेलमा मोड्रिचमा ध्यान केन्द्रित गरेका थिए।

रिचर्ड्स भन्छन्, “मलाई लागेको थियो कि यो उनको अन्तिम विश्वकप हो। उसले खेल नियन्त्रण गर्ने तरिका अचम्मको थियो। ब्राजिलसँग उनको कुनै जवाफ थिएन।”

क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिच भन्छन्, “यो उमेरमा पनि उनले अचम्मको खेल खेल्छन्। यो विश्वकपमा उनले आफू विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक हो भनी प्रमाणित गरेका छन्।”

दुबैको विरासतको तुलना

पछिल्ला दुई विश्वकपमा मेस्सी र मोड्रिच दुवै हार्ने टोलीको हिस्सा थिए। सन् २०१४ मा मेस्सीको टोली जर्मनीसँग १–० ले पराजित भएको थियो । चार वर्षपछि मोड्रिचको टोली फ्रान्ससँग ४–२ ले पराजित भयो।

दुवै खेलाडीले विश्वकपमा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । मेस्सीको यो २५ औं खेल हो । यो खेलसँगै उनले जर्मन सुपरस्टार लोथर माथियासको कीर्तिमान बराबरी गर्नेछन् । मेस्सीले आइतबार यो कीर्तिमान तोड्ने छन् । चाहे उसले फाइनल खेलेको होस् वा प्रतियोगितामा तेस्रो स्थानको लागि खेल होस् ।

मेस्सीले अहिलेसम्म भएका सबै विश्वकपमा कुल १० गोल गरेका छन् । यो भन्दा बढी गोल गर्ने विश्वका ६ जना मात्र खेलाडी छन् । जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित शीर्ष स्थानमा छन् ।

मेस्सीले अर्जेन्टिनाका लागि अहिलेसम्म १७० खेल खेलेका छन् भने ९५ गोल गरेका छन् । यी दुवै राष्ट्रिय कीर्तिमान हुन् । अर्कोतर्फ मोड्रिचले आफ्नो देशका लागि १६० खेल खेलेका छन् भने अन्तर्राष्ट्रिय खेलमा २३ गोल गरेका छन् ।

दुबैको करियर कस्तो रह्यो ?

यो सेमिफाइनल सुरु हुनुअघि मोड्रिचले विश्वकपका १७ खेल खेलिसकेका छन् । यो उनको देशको लागि कीर्तिमान हो। मेस्सीले एकपटक कोपा अमेरिकाको उपाधि जितेका छन् तर मोड्रिचले अहिलेसम्म कुनै पनि उपाधि जितेका छैनन् ।

मोड्रिचले सन् २००६ मा क्रोएसियाका लागि डेब्यु गरेका थिए । खेल अर्जेन्टिनासँग मात्रै थियो । यो खेलमा मेस्सीले आफ्नो देशका लागि पहिलो गोल गरेका थिए । उक्त खेल क्रोएसियाले ३–२ ले जितेको थियो ।

समग्रमा मेस्सीले आज आफ्नो १००२औँ खेल खेल्दैछन् । अहिलेसम्म उनले जम्मा ७९० गोल गरेका छन् भने ३३९ गोल गर्न सहयोग गरेका छन् ।

दुवैले विश्वकै उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् । मेस्सीले सात पटक बालोन डी’ओर जितेका छन् । सन् २०१८ मा मोड्रिचले यो अवार्ड जितेका थिए ।

दुवै खेलाडी २७ औं पटक आमनेसामने हुनेछन् । जसमा मेस्सीले बार्सिलोना र मोड्रिच रियाल मड्रिडबाट २२ पटक एकअर्काविरुद्ध मैदानमा उत्रेका छन् ।

यी दुई स्टारलाई मैदानमा एकअर्काविरुद्ध खेलेको हेर्ने फुटबल फ्यानहरूका लागि यो अन्तिम मौका हुन सक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com