कतार विश्वकपमा तीनदिनमा २ पत्रकारको मृत्युपछि आशंका र अनुसन्धानको माग


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

A traditional dhow boat sails in front of Doha’s skyline on November 28, 2022 during the Qatar 2022 World Cup football tournament. (Photo by MIGUEL MEDINA / AFP)

कतार विश्वकपमा तीनदिनभित्र २ जना पत्रकारको मृत्युपछि आशंकाका साथ अनुसन्धानको माग गरिएको छ । एकजनाको मात्र मृत्यु संयोग हुनसक्ने भएतापनि दुई जनाको मृत्यु भइसकेपछि छानबिन आवश्यक रहेको भन्दै अनुसन्धानको माग गरिएको हो ।

शुक्रबार साँझ कतारमा विश्वकप कभर गर्ने पत्रकार ग्रान्ट वाहलको मृत्युले अमेरिकी फुटबल समुदाय स्तब्ध भएको छ। उनलाई अमेरिकामा एक प्रमुख फुटबल पत्रकार मानिन्थ्यो।

उनी कतार विश्वकपमा यौनिक अल्पसंख्यककका मुद्दाहरू र स्टेडियम निर्माणका क्रममा भएका मृत्यु लगायतका विगायमा खुलेर बोलेका थिए। त्यसैले मानिसहरू ४९ बर्षका स्वस्थ्य पत्रकारको अचानक मृत्यु हुनुमा उनलाई सिधै नभई कुनै कुनै तरिकाले हानि पुर्‍याएको थियो कि भन्नेबारे आशंका गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीमाथि कुनै गलत काम भएको कुनै वास्तविक प्रमाण फेला परेको छैन । उनले आफ्नो आफ्नो पोडकास्ट र आफ्नो सबस्ट्याकमा बिरामी महसुस गरेको र चिकित्सकहरूलाई भेट्ने रिपोर्ट गरेका थिए । तर अब प्रतियोगिता कभर गर्ने अर्का पत्रकारको मृत्युले आशंका फैलिएको छ ।

अर्का पत्रकारको मृत्यु भएको समाचार आइतबार बाहिर आएको थियो । कतारी फोटो पत्रकार खालिद अल मिसलामको सप्ताहन्तमा अचानक निधन भएको जनाइएको छ ।

कतार समाचार आउटलेटले र कतार फिफा विश्वकप २०२२ को कभर गर्ने क्रममा अल मिसलामको अचानक मृत्यु भएको भन्दै उनका लागि अल्लाहको दया र क्षमामा विश्वास गर्ने बताएको छ । साथै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

अल मिस्लाम कतारी न्यूज च्यानल अल कास टिभीमा काम गर्थे र विश्वकप कभर गर्दै थिए। उनको मृत्यु वरपरका परिस्थितिहरू अस्पष्ट छन् । उनी सम्बद्ध टिभी च्यानलले प्रत्यक्ष प्रसारणमा उनको निधनको समाचार संक्षिप्त रूपमा उल्लेख गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com