सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि रुसको पुनः समर्थन


प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार

रुसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भारतको स्थायी सदस्यताका लागि फेरि एकपटक आफ्नो समर्थन दोहो¥याएको छ । साथै उसले विश्वव्यापी र क्षेत्रीय मुद्दामा नयाँदिल्लीको अडानले परिषद्को गरिमा बढाएको बताएको छ ।

हालै यहाँ भएको प्रिमकोभ रिडिङ्स इन्टरनेशनल फोरममा सञ्चारकर्मीको प्रश्नको जवाफमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभले परिषद्को स्थायी सदस्यमा भारतलाई आफ्नो देशको समर्थन रहेको बताउँनुभएको हो । आर्थिक वृद्धिका दृष्टिले विश्वका अग्रणी देशमध्ये भारत एक हो, भारतसँग विश्वमा देखिएका विभिन्न प्रकारका समस्या समाधान गर्ने ठूलो कूटनीतिक अनुभव छ,” उहाँले भन्नुभयो ।

भारतले संयुक्त राष्ट्रसङ्घमा सक्रिय भूमिका निर्वाह गर्नसक्ने तथा साङ्घाइ सहयोग सङ्गठन ९एससीओ० भित्र पनि दक्षिण एसियामा एकीकरण संरचनाको दायरालाई विस्तार गर्नसक्ने बताउँदै रुसी विदेशमन्त्रीले भारतलाई परिषद्को स्थायी सदस्यता बनाउँदै विश्व संस्थाको महत्वपूर्ण अङ्ग अझ लोकतान्त्रिक हुने विचार व्यक्त गर्नुभयो ।

यसअघि पनि विदेशमन्त्री लाभरोभले राष्ट्रसङ्घको ७७ औँ महासभालाई सम्बोधन गर्ने क्रममा अफ्रिका, एसिया र ल्याटिन अमेरिकी देश सुरक्षा परिषद्मा समावेश भएमा परिषद् थप लोकतान्त्रिक एवम् सुदृढ हुने अभिमत जाहेर गर्नुभएको थियो । महासभामा उहाँले विशेष गरी भारत र ब्राजिल प्रमुख अन्तर्राष्ट्रिय शक्ति भएकाले उनीहरूलाई परिषद्को स्थायी सदस्यता प्रदान गर्नुपर्ने बताउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पन्ध्र राष्ट्र सदस्य रहेको परिषद्का पाँच स्थायी सदस्यमध्ये अमेरिका, बेलाइत, फ्रान्स र रुसले भारतलाई स्थायी सदस्यताका निम्ति समर्थन गरेका छन् भने चीन त्यसमा मौन छ । सुरक्षा परिषद्को अस्थायी सदस्यका रूपमा भारतको दुई वर्षको कार्यकाल यही महिना समाप्त हुँदैछ । चक्रीय प्रणालीअन्तर्गत अहिले भारतले परिषद्को अध्यक्षता गरिरहेको छ ।

यसअघि पनि संयुक्त राष्ट्रसङ्घका लागि बेलाइत राजदूत बारबरा वुडवर्डले भारत, जर्मनी, जापान र ब्राजिलका लागि नयाँ स्थायी सदस्यता प्रदानका साथै परिषद्मा स्थायी अफ्रिकी प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्रसङ्घीय महासभाको पूर्ण बैठकमा फ्रान्सले पनि सुरक्षा परिषद्को प्रभावकारिताका निम्ति सदस्य सङ्ख्यामा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने अभिमत जाहेर गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com