अफगानिस्तान-पाकिस्तान सीमामा गोली हानाहान, ६ पाकिस्तानी नागरिकको मृत्यु, १७ घाइते


प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार

Wiki Photo

अफगानिस्तानको सीमामा अफगान सुरक्षा बलसँगको भिडन्तमा ६ पाकिस्तानी नागरिकको मृत्यु भएको र १७ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानको बलुचिस्तान र अफगानिस्तानको कान्दाहार प्रान्तको सिमानामा रहेको चमन चौकीमा उक्त भिडन्त भएको हो ।

पाकिस्तानले अफगानिस्तानबाट विना उक्साहट हमला भएको र यसको सीमा सुरक्षा बलले उचित जवाफ दिएको बताएको छ ।

पाकिस्तानले पाकिस्तानी सीमा सुरक्षा बलले सर्वसाधारणमाथि आक्रमण नगरेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाकिस्तानले पनि तालिबान प्रशासनसँग सम्पर्क गरेको र यस्तो घटना दोहोरिन नदिने ग्यारेन्टी मागेको बताएको छ।

एक महिनाअघि पनि सीमा क्षेत्रमा यस्तै गोली हानाहानमा एक पाकिस्तानी गार्डको मृत्यु भएको थियो ।

अफगानिस्तानमा पहिले तालिबान शासन आएपछि त्यसलाई मान्यता दिने केही देशमध्ये पाकिस्तान पनि एक थियो।

तर वर्तमान तालिबान प्रशासनसँग पाकिस्तानको सम्बन्ध उतार-चढावले भरिएको छ।

पाकिस्तानी सेना पनि पाकिस्तानी तालिबान लडाकुहरू विरुद्ध लडिरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com