फिफा विश्वकपको क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्कोले रचेका २ इतिहास
प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार
(221210) — DOHA, Dec. 10, 2022 (Xinhua) — Sofyan Amrabat (L) of Morocco vies with Otavio (R) and Bernardo Silva of Portugal during their Quarterfinal of the 2022 FIFA World Cup at Al Thumama Stadium in Doha, Qatar, Dec. 10, 2022. (Xinhua/Zheng Huansong)
फिफा विश्वकपको क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्कोले २ वटा इतिहास रच्न सफल भयो । अरब विश्वबाट क्वार्टरफाइनलमा पुग्ने इतिहास रचिसकेको मोरक्कोले सेमिफाइनलमा पुगेर अरब विश्वबाट सेमिफाइनलमा पुग्ने टोलीकोमात्र इतिहास रचेन, अफ्रिकाको टोली विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो ।
पहिलो हाफको ४२ औं मिनेटमा गोल गर्दै मोरक्कोले अग्रता लिएको थियो जसको बराबरी पोर्चुगलले पूर्ण समयसम्म पनि गर्न सकेन । पहिलो हाफमा पोर्चुगलले आफ्ना चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको थियो ।
दोस्रो हाफमा रोनाल्डो मैदान प्रवेश गरे पनि खास केही गर्न सकेनन् ।

खेलको अन्तिम मिनेटमा पोर्चुगलका खेलाडीले गोल गर्ने धेरै प्रयास गरे पनि मोरक्कोका गोलकिपर बोनोलाई छक्याउन सकेनन् ।
अन्तिम मिनेटमा पोर्चुगलका जोआओ फेलिक्सले बक्स बाहिरबाट किक हानेर बललाई गोलमा ल्याउने प्रयास गरे तर गोलकिपर बोनोले हाम फालेर बल समातेका थिए ।
८८ औं मिनेटमा पोर्चुगलले कर्नर पनि पाएको थियो तर त्यसलाई गोलमा परिणत गर्न सकेन ।
९० मिनेटको खेल सकिएपछि ८ मिनेट अतिरिक्त समय दिइएको थियो ।
९० औं मिनेटमा रोनाल्डोले बललाई गोलको नजिक लैजान सफल भएपनि उनको उत्कृष्ट किक बोनोले समातेका थिए ।
इन्जुरी टाइम सकिन ६ मिनेट बाँकी रहँदा मोरक्कोका वलीद चिडारालाई रेफ्रीले दोस्रो पहेँलो गार्ड देखाए र योसँगै मोरक्कोका १० खेलाडी मात्र मैदानमा रहे ।

वालिद चेदिरालाई रेफ्रीले ६० सेकेण्डको अन्तरालमा दुई पहेँलो कार्ड देखाएपछि उनलाई बाहिर पठाइएको थियो ।
यो खेलमा पुरै अरब जगतको नजर थियो ।
अन्तिम सिट्टी बज्नेबित्तिकै पोर्चुगिज टोली र फ्यानहरूमा निराशा फैलियो। पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रुदै सिधै मैदानबाट बाहिरिए ।
मोरक्कोसँगको यो हारसँगै रोनाल्डोको टोलीको विश्वकप जित्ने सपना पनि चकनाचुर भयो ।
मोरक्को सेमिफाइनलमा पुग्नेबित्तिकै मोरक्कोमा मात्र नभई पुरै अरब विश्वमा उत्सवको लहर छाएको थियो ।
खेल सकिएपछि पनि मोरक्कोका समर्थक मैदानमै बसेर उत्सव मनाएका थिए ।
मोरक्कन स्ट्राइकर अशरफ हाकिमीले भीडमा आफ्नी आमालाई खोजेका थिए । आफ्नो विजयको उत्सव मनाउँदा उनलाई चुम्बन गरे।
अशरफ हाकिमीको आमासँगको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जितपछि मोरक्कोका खेलाडीहरूले मैदानमा दर्शकलाई घुँडा टेकेर अभिवादन गरे ।






