६ गोल गर्दै पोर्चुगल क्वार्टरफाइनलमा, २१ बर्षका रामोस एक्लैले गरे ३ गोल


प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार

स्वीट्जरल्याण्डलाई ६ -१ को फराकिलो अन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अफ १६ को खेलमा पहिलो हाफमै २ गोल गरेको पोर्चुगलले खेलको अन्तिमसम्म ६ गोल गर्न सफल भयो ।

खेलको १७ औं मिनेटमा २१ वर्षीय गोन्कालो रामोसले पोष्टको माथिल्लो कुनामा गोल गर्न सफल भए । ३२औं मिनेटमा पेपेले पोर्चुगलको कर्नर किकमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

पोर्चुगलका रामोसले ५१ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई ३-० को अग्रता दिलाए । यो उनले गरेको दोश्रो गोल थियो । लगत्तै पोर्चुगलका तर्फबाट राफेल गुरेइरोले चौथो गोल गरे, त्यो पनि रामोसकै सहयोगमा ।

स्वीट्जरल्याण्डले पनि हार भने मानेको थिएन । म्यानुअल अकान्जीले गोल गर्दै पोर्चुगलसँगको गोल अन्तर घटाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खेलको ६६ औं मिनेटमा पोर्चुगलका गोन्कालो रामोसले तेस्रो गोल गर्दै टोलीलाई ५-१ को अग्रता दिलाए । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो ७३औं मिनेटमा खेलमा प्रवेश गरेका थिए ।

स्टपेज टाइममा पनि पोर्चुगलले थप गोल गर्न सफल भयो । पोर्चुगलका राफेल लियोले छैटौं गोल गरे ।

यस अगाडिको खेलमा पेनाल्टी सुटआउटमा स्पेनविरुद्ध मोरक्को विजयी भएको थियो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको दुई १५ मिनेटपछि पनि मोरक्को र स्पेन बराबरी भएपछि राउन्ड अफ १६ खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको थियो ।

पेनाल्टी शुटआउटमा मोरक्को तीनगोल गर्न सफल भयो भने स्पेनले कुनै गोल गर्न सकेन ।

मोरक्कन गोलकिपरले अनगिन्ती आक्रमणहरू सहित स्पेनका तीन शटहरू बचाउन सफल भए । जसले गर्दा मोरक्कोलाई क्वार्टर फाइनलमा पुग्नको लागि मौका दियो ।

मोरक्कोका अब्देलहामिद साबिरी, हाकिम जियेच र अचराफ हाकिमीले सबैले गोल गरे । र स्पेनलाई पछि पार्दै विश्वकप २०२२ को क्वार्टरफाइनलको यात्रा तय गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com