न्युयोर्क सिटीभित्रको ट्रेन र बसमा भाडा बढाउने तयारी


प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार

न्यूयोर्कको मेट्रोपोलिटन यातायात प्राधिकरण एमटीएले अर्को वर्ष सबवे, बस र कम्युटर रेल लाइनहरूमा ५ दशमलव ५ प्रतिशत भाडा बढाउने देखिएको छ । सन् २०१९ पछि एमटीएले पहिलो पटक यस्तो वृद्धि लागू गरेको छ।

एमटीए अमेरिकाको सबैभन्दा ठूलो मास ट्रान्जिट प्रणाली हो र २०२५ मा ३ बिलियन बजेट घाटाको सामना गर्ने सम्भावना रहेको छ । थप कोष जुटाउन मद्दत गर्न एमटीएले भाडा बढाउने योजना ल्याएको छ ।

सम्भावित भाडा वृद्धिले एकल सबवे वा बस सवारीको २ डलर ७५ सेन्टसको लागतलाई २०२३ मा २ डलर ९० सेन्टस र २०२५ मा ३ डलर ५ सेन्टसमा धकेल्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमटीएले प्रत्येक दुई वर्षमा ४ प्रतिशतले भाडा बढाउदै आएको छ । तर गभर्नर क्याथी होचुलले महामारीको समयमा ती वृद्धिहरू स्थगित गरेकी थिइन् । तर यसको फेब्रुअरीको बैठकमा भाडा वृद्धि स्वीकृत गरिएको छ।

एजेन्सीले बजेट घाटा कम गराउन थप संघीय, राज्य वा सहर कोष खोज्दै गर्दा भाडाबृद्धि हुन लागेको हो । एजेन्सीले पर्याप्त सरकारी कोष प्राप्त गरेमा भाडा वृद्धिबाट बच्न सक्षम हुनसक्ने एमटीए्का प्रमुख कार्यकारी अधिकृत जानो लिबरले बोर्ड बैठक पछि पत्रकारहरूलाई बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com