आफूविरुद्धको महाभियोग प्रस्ताव ‘राजनीतिक खेलको हिस्सा’ भएको पेरुका राष्ट्रपतिको दावी


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

पेरुका राष्ट्रपति पेड्रो क्यास्टिलोले विपक्षी नेतृत्वको काङ्ग्रेस ९संसद०ले पारित गरेको महाभियोग प्रस्ताव आफूविरुद्धको ‘राजनीतिक खेलको हिस्सा’ भएको बताउनुभएको छ ।

पेरूको काजामार्काको उत्तरी क्षेत्रमा मतदानका लागि आफ्नो निर्वाचन क्षेत्रमा पुगेका समय राष्ट्रपति क्यास्टिलोले उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले त्यहीँबाट दक्षिण अमेरिकी राष्ट्र पेरूको नौ क्षेत्रमा भइरहेको दोस्रो चरणको चुनावमा आइतबार मतदान गर्नुभएको थियो । क्यास्टिलोले प्रस्तावका बावजुद आफ्नो सरकार ‘बहुसंख्यक नागरिकले गठन गरेको’ र ‘जनचाहनाको रक्षा’ गर्न आवश्यक रहेकोमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

उहाँले आफ्नो सरकार ‘संवादमा संलग्न हुन, संस्थाहरूको सम्मान गर्दै लोकतान्त्रिक तरिकाले अघिबढ्न’ इच्छुक रहेको पनि बताउनुभयो । पेरुका राष्ट्रपतिले संसदको पूर्ण अधिवेशनमा सहभागी हुने वा नहुनेबारे पुष्टि गर्नुभएको छैन ।क्यास्टिलोका वकिल बेन्जी एस्पिनोजाले शनिबार पेरुका राष्ट्रपतिको बहसमा उपस्थिति हुने वा नहुने अझै पुष्टि नभएको तर ‘स्थायी नैतिक अक्षमता’ को कारण महाभियोग प्रस्ताव अघि बढाउन खोजिएको र यो ‘धेरै खुला र अमूर्त’ भएको बताउनु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेरुको काङ्ग्रेसले ७३ का विरूद्ध ३२ मतको आधारमा राष्ट्रपतिविरुद्ध महाभियोगको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । यहाँको संसदले राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव पारित गर्नका लागि ८७ मतको आवश्यकता हुने संवैधानिक प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com