युक्रेन युद्ध अन्त्य गर्न रूसलाई दवाब, युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने भनाइ


प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार

रूसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको सङ्केत गरेपछि क्रेमलिनले आफू वार्ताका लागि खुला भए पनि युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने बताएको छ । रुसले गत सेप्टेम्बरको अन्त्यमा आफूले कब्जा गरेका चार युक्रेनी क्षेत्रलाई गैरकानुनी रूपमा आफ्नो देशको भू–भागका रूपमा विस्तार गरेको दावी अमेरिकालगायत यसका सहयोगी यूरोपेली मुलुकले गरेका छन् र त्यसलाई मान्यता दिन नसकिने बताउँदै आएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति बाइडेनले रूसी सेनाले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव हुँने बताएको र रूसका लागि यो स्वीकार्य नभएको बताउनुभएको छ । “यसले वार्ताका लागि पारस्परिक आधारको खोजीलाई जटिल बनायो,” उहाँले भन्नुभयो । सेप्टेम्बरको अन्त्यमा राष्ट्रपति पुटिनले चारवटा युक्रेनी क्षेत्रहरूलाई रूसको भागको रूपमा घोषणा गर्नुभएको थियो । रूसले लुहान्स्क, डोनेट्स्क, खेरसन र जापोरिज्या आफ्नो कब्जामा लिएको घोषणा गरिसकेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार पत्रकारहरूसँगको कुराकानीमा यदि वास्तवमा उनी (पुटिन) युद्ध अन्त्य गर्ने बाटो खोज्दै छन् भन’ आफू रूसी नेतालाई भेट्न तयार रहेको बताउनुभएको थियो । यसैबीच सेप्टेम्बरपछि पहिलो पटक रूसी राष्ट्रपति पुटिन र जर्मन चान्सलर ओलाफ सोल्ससँग कुराकानी गर्नुभएको छ । क्रेमलिनका अनुसार उक्त कुराकानीका लागि जर्मन पक्षले दबाव दिएको थियो र पुटिनले बर्लिनलाई ‘युक्रेनमा भइरहेका घटनाका सन्दर्भमा आफ्नो दृष्टिकोणमा पुनर्विचार गर्न’ आग्रह गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक घण्टा लामो टेलिफोन कुराकानीका क्रममा जर्मन नेताले आफ्ना समकक्षीलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेको बर्लिनले जनाएको छ । त्यस्तो आग्रहमा ‘जतिसक्दो चाँडो’ युक्रेनबाट रूसी सेनालाई फिर्ता गर्नु भन्ने कुरा पनि समेटिएको उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com