‘विश्वभर १० वर्षमाथिका तीन चौथाइ मानिसले मोबाइल चलाउँछन्’


प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार

संयुक्त राष्ट्रसङ्घले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसङ्ख्यासँग मोबाइल फोन भएको देखाएको छ ।

“मोबाइल फोन इन्टरनेट प्रयोगको लागि सबैभन्दा सहज ढोका हो । मोबाइल फोन स्वामित्वको प्रतिशतले इन्टरनेट उपलब्धता र पहुँचको सूचकको रूपमा सेवा गर्दछ,” आईटीयूले विश्वव्यापी सूचना सम्पर्कबारे आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको छ ।

रिपोर्टमा मोबाइल फोनको उपलब्धता इन्टरनेट प्रयोगको तुलनामा उच्च रहेको र विशेष गरी कम आय भएका देशहरूमा सामान्यतया ब्रोडब्यान्ड सेवा र सेलुलर सेवाहरू भन्दा महँगो रहेको उल्लेख गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईटीयूले हालैका वर्षहरूमा मोबाइल फोनको स्वामित्व लगातार बढेको र सन् २०१९ मा यो सङ्ख्या ६७ प्रतिशतभन्दा कम रहेको अनुमान गरेको छ ।

आईटीयूका वरिष्ठ अर्थशास्त्री थियरी गीगरले एएफपीलाई बताएअनुसार सन् २०२० मा कोभिड–१९ महामारीको पहिलो वर्षमा अनलाइन प्रगोग गर्ने जनसङ्ख्यामा ठूलो वृद्धि भएको छ ।

आईटीयूका अनुसार, धनी देशहरूमा मोबाइलको उपलब्धता सबैभन्दा बढी छ । यी मुलुकहरूमा हाल औषत ९५ प्रतिशत मानिसहरूसँग मोबाइल फोन छ । कम आय भएका देशहरूमा सबैभन्दा थोरै केवल ४९ प्रतिशत मानिससँग मात्र फोन छ ।

– ‘प्राविधिक अँध्यारो’ –

संयुक्त राष्ट्रसङ्घको दूरसञ्चार एजेन्सीका अनुसार पृथ्वीको करिब एक तिहाइ भाग अहिलेसम्म पनि अनलाइनमा छैन । तर अनलाइन जनसङ्ख्या बढ्दै गएको छ र अनुमानित ५ अर्ब ३० करोड मानिस अर्थात् विश्वका ६६ प्रतिशत मानिसले अहिले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

आइटियूको दूरसञ्चार विकास विभागका प्रमुख डोरेन बोगदान–मार्टिनले भन्नुभयो, “इन्टरनेटको पहुँच बढिरहेको छ, तर आवश्यक पर्ने जति छिटो र समान रूपमा संसारभरि छैन । उहाँले थप्नुभयो, “धेरै मानिसहरू अझै पनि ‘डिजिटल’ अँध्यारोमा बाँचिरहेका छन् ।”

विश्वव्यापी इन्टरनेट प्रयोगको अनुमानले सामान्यतया मोबाइल–ब्रोडब्यान्ड सेवाहरूको मूल्यलाई हेर्छ, जसले प्रयोगकर्ताहरूलाई स्मार्टफोनबाट इन्टरनेट पहुँच गर्न अनुमति दिन्छ र निश्चित इन्टरनेट सेवाको तुलनामा यो तुलनात्मक रूपमा सस्तो हुन्छ ।

बुधबारको प्रतिवेदनअनुसार मोबाइल ब्रोडब्यान्ड सेवाको विश्वव्यापी औसत मूल्य गत वर्ष प्रतिव्यक्ति औसत कुल राष्ट्रिय आय ९जीएनआई० को १।९ प्रतिशतबाट घटेर अहिले १.५ प्रतिशतमा झरेको छ ।

यद्यपि, अधिकांश कम आय भएका अर्थव्यवस्थाहरूमा औसत उपभोक्ताको लागि लागत अझै पनि धेरै उच्च छ । ती मुलुकमा आधारभूत मोबाइल तथ्याङ्क योजनाको लागत प्रति व्यक्ति जीएनआईको नौ प्रतिशत हुने अनुमान गरिएको छ ।

आईटीयूले सबै देशहरूलाई किफायती ब्रोडब्यान्ड पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ, जसलाई प्रतिव्यक्ति जीएनआईको दुई प्रतिशतभन्दा कम लागतको रूपमा परिभाषित गरिएको छ ।

सूचना सम्पर्कको लागत घट्दो क्रममा रहेको देखिए पनि गिगरले अन्य आवश्यकताका लागि बढ्दो लागतले धेरैलाई अफलाइन रहन बाध्य पारिरहेको बताउनुभएको छ ।

आईटीयूको प्रतिवेदन अनुसार इन्टरनेट सेवामा एउटा महत्वपूर्ण लैङ्गिक अन्तर रहेको र लगभग २५ करोड ९० लाख महिलाहरूले पुरुषहरूको तुलनामा इन्टरनेटको पहुँच कम पाएका छन् । हाल ६३ प्रतिशत महिलाले मात्र इन्टरनेट प्रयोग गरिरहेका छन् भने ६९ प्रतिशत पुरुषले इन्टरनेट प्रयोग गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com