अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच शिखर वार्ता, द्वन्द्व टार्ने प्रतिबद्धता


प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार

Biden G20

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिवद्धतासहित सम्पन्न भएको छ ।

ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–ट्वन्टी शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतिक्षा गरिएको बैठक सुरु गर्नुअघि सी र बाइडेनले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाउनुभएको थियो ।

बेइजिङ र वासिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताउनुभएको छ ।

पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित चिनियाँ राष्ट्रपति सीले तेस्रो कार्यकालका लागि निर्बाचित हुनुभएपछि भएको अमेरिकी राष्ट्रपतिसँगको पहिलो प्रत्यक्ष भेटमा बाइडेनसलाई विश्व ‘दोबाटोमा आइपुगेको’ बताउनुभएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

“चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ,” चिनियाँ राष्ट्रपति सीले बताउनुभयो ।

उत्साहजनक सार्वजनिक भनाइहरूको बावजुद, दुवै देशहरू एक अर्काप्रति बढ्दो शङ्का गरिरहेका छन्, संयुक्त राज्य अमेरिकालाई चीनले ताइवानकब्जा गर्ने समयसीमा बढाएको भन्ने डर छ ।

अमेरिकी अधिकारीहरूले बैठकअघि बाइडेनले चीनसँगको सम्बन्धमा ‘गार्डरेल’ स्थापना गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रलाई द्वन्द्वमा धकेल्न सक्ने ‘रेड लाइन’ बाट कसरी बच्न सकिन्छ भन्नेबारे आकलन गर्ने आशा व्यक्त गरेका थिए ।

सबैभन्दा संवेदनशील विषय ताइवान हो, जुन चीनको तर स्वशासित क्षेत्र हो ।

संयुक्त राज्य अमेरिकाले ताइवानलाई समर्थन बढाइरहेको छ भने चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिने धम्की दिइरहेको छ । गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइपेइको भ्रमण गरेपछि चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो ।

सीसँगको वार्ताको पूर्वसन्ध्यामा बाइडेनले कम्बोडियामा दक्षिणपूर्वी एशियाली शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गर्नुभएको थियो ।

प्योङयाङले आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेपछि बाइडेनले चीनलाई सहयोगी उत्तर कोरियामाथि लगाम लगाउन दबाब दिने अपेक्षा गरिएको छ ।

प्रत्यक्ष पहिलो भेटघाट 

कोभिड–१९ महामारी सुरु भएयता सीको यो दोस्रो विदेश भ्रमण हो । भ्रमणमा उहाँले विश्वका केही प्रमुख नेताहरूसँग भेटघाट गर्नुहुनेछ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीसले नेता सीसँग पहिलो पटक औपचारिक भेटवार्ता गर्ने घोषणा गर्नुभएको छ । यो सन् २०१७ पछि अस्ट्रेलियाका उच्च पदस्थ अधिकारी र चिनियाँ राष्ट्रपतिबीच हुन लागेको पहिलो भेट हो ।

सीले सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष भेटवार्ता गर्नुभएको थियो । त्यतिबेला ट्रम्प र बाइडेन दुबैले चीनलाई एक प्रमुख अन्तर्राष्ट्रिय चासोको रूपमा पहिचान गरेका थिए र विश्व मञ्चमा अमेरिकी प्रभुत्वको लागि एक मात्र सम्भावित चुनौतीको रूपमा चिनाएका थिए ।

राष्ट्रपतिका रूपमा सी र बाइडेनबीच पहिलो पटक भेट भएको भए तापनि यो जोडीको असामान्य रूपमा लामो इतिहास छ ।

बाइडेनको अनुसार उहाँले उपराष्ट्रपतिका रूपमा सन् २०११ मा चीनको नेतृत्वको पर्खाइमा रहेका नेता सीसँग व्यक्तिगत रूपमा ६७ घण्टा बिताएका थिए । जसमा सन् २०१७ मा बाराक ओबामाको प्रशासनको अन्तिम दिनमा भएको बैठकलाई अझ राम्ररी बुझ्ने उद्देश्यले चीन भ्रमण पनि समावेश छ ।

ह्वाइट हाउसमा प्रवेश गरेयता बाइडेनले सीसँग लगभग पाँच पटक कुराकानी गरिसकेका छन् तर सोमबार उहाँसँग प्रत्यक्ष भेटवार्ताको साहित जुरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com