कोरियली प्रायद्वीपमा दिगो शान्ति कायम गर्न आणविक निःशस्त्रीकरणमा भारतको जोड


प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार

भारतले कोरियली प्रायद्वीपमा दिगो शान्ति कायम गर्न आणविक निःशस्त्रीकरणमा जोड दिँदै त्यसनिम्ति निरन्तर समर्थन रहने प्रतिबद्धता संयुक्त राष्ट्रसङ्घसमक्ष पुनः व्यक्त गरेको छ ।

उत्तरकोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रमा अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि शुक्रबार भएको राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकमा कोरियली प्रायद्वीपका साथै समग्र विश्वको हितका खातिर आणविक निःशस्त्रीकरण अपरिहार्य भएको बताएको हो ।

बैठकमा संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले कोरियाली प्रायद्वीपमा शान्तिसुरक्षाको प्रत्याभूति सामूहिक हितमा भएकाले आणविक निःशस्त्रीकरणका लागि भारतको निरन्तर समर्थन रहने दोहो¥याउनुभयो । कूटनीति र वार्ताका माध्यमबाटै कोरियाली प्रायद्वीपको समस्या समाधान हुनुपर्नेमा भारत दृढ अभिमत रहेको उहाँले बताउनुभयो ।

प्योङयाङले जापानको सागरमासमेत क्षेप्यास्त्र प्रहार गरेका खबरले चिन्ता बढाएको भन्दै उहाँले त्यस्ता गतिविधिबाट सुरक्षा परिषद्को प्रस्तावको गम्भीर उल्लङ्घन भएको बताउनुभयो । उहाँले उत्तर कोरियासम्बन्धी परिषद्को प्रस्तावको पूर्ण कार्यान्वयनको लागि आह्वान पनि गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com