श्रीलङ्कामा पर्यटनबाट १० महिनामा एक अर्ब अमेरिकी डलर आम्दानी


प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार

श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलङ्काको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ ।

तथ्याङ्कअनुसार अक्टोबरमा श्रीलङ्काले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ ।

केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलङ्काको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो ।

गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का भित्रिएको पर्यटन प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोभिड–१९ को महामारी र राजनीतिक सङ्कटसँगै श्रीलङ्कामा आएको आर्थिक सङ्कटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्नलगायतका सेवा प्रभावित हुँदा गत बर्ष भएको जनआन्दोलनको कारण तत्कालिन राष्ट्रपति गोताबाय राजापाक्षले पदबाट राजिनामा दिनुपरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com