क्यालिफोर्नियाले बासिन्दालाई १०५० डलरको राहत चेक पठाउन सुरु, जान्नुपर्ने कुरा के छ ?


प्रकाशित मिति : आश्विन २२, २०७९ शनिबार

क्यालिफोर्नियाले शुक्रबार राज्यको इतिहासमा यस्तो प्रकारको सबैभन्दा ठूलो कार्यक्रम अन्तरगत २३ मिलियन क्यालिफोर्नियाका बासिन्दाहरूलाई राहत चेक पठाउन सुरु गरेको छ । १ लाख ५० हजार वा कम आम्दानी भएका विवाहित जोडीले यो कार्यक्रम अन्तरगत उच्चतम १०५० डलरसम्म राहत चेक पाउन सुरु गरेका छन् ।

९ दशमलव ५ बिलियन डलरको यो राहत चेक वितरण कार्यक्रम एकपटकको ट्याक्स रिफण्डका रुपमा वितरण सुरु गरिएको हो । राष्ट्रव्यापी मुद्रास्फीति ऐतिहासिक उचाइमा पुगेको बेला मध्यवर्गीय ट्याक्स रिटर्न नाम दिइएको यो पहल आएको हो।

अहिले महँगोको अवस्थामा क्यालिफोर्नियाले बासिन्दालाई उनीहरुको खल्तीमा पैसा फिर्ता राखिएको क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले बताएका छन् । परिवारहरूलाई किरानादेखि ग्याससम्म सबै कुराको लागि भुक्तान गर्न मद्दत गर्न हजार डलर भन्दा बढी रकम फिर्ता पठाउदै गरेको उनले बताए ।

भुक्तानी प्राप्त गर्न योग्य हुन तपाईंले निश्चित आवश्यकताहरू पूरा गर्नुपर्छ। तपाईं सन् २०२० को कर वर्षमा छ महिना वा सोभन्दा बढी समयको लागि क्यालिफोर्नियाको निवासी हुनुभएको हुनुपर्छ भने हाल पनि उक्त राज्यको बासिन्दा हुनुभएको हुनुपर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

तपाईंले अक्टोबर १५, २०२१ सम्ममा २०२० को ट्याक्स रिटर्न फाइल गरेको हुनुपर्छ र आवश्यक थ्रेसहोल्डभित्र सकल आम्दानी समायोजन गरेको हुनुपर्छ। थप रूपमा तपाईंलाई अरू कसैद्वारा आश्रितको रूपमा दाबी गरिएको हुनु हुँदैन।

संयुक्त रूपमा फाइल गर्ने योग्य जोडीहरूको ४ सयदेखि १०५० डलरसमम पाउनेछन् । योग्य एकल व्यक्तिहरूले २ सय देखि ७ सय डलरसम्म प्राप्त गर्न सक्छन् । चेकको रकम आय र आश्रितहरूको संख्यमा समेत भर पर्नेछ । बार्षिक डेढलाख डलर वा सोभन्दा कम कमाउने जोडी जसको एकजना आश्रित छन् उनीहरुले १०५० डलरसम्म पाउनेछन् भने आश्रित नभएका डेढलाख डलर वा सोभन्दा कम कमाउने जोडीले ७ सय डलरसम्म पाउनेछन् ।

७५ हजार वा कम आम्दानी भएका व्यक्तिगत करदाताहरूले आश्रित भए ७ सय डलर र नभएमा ३५० डलर प्राप्त गर्न सक्छन्। बार्षिक २ लाख ५० हजारसम्म आम्दानी हुने एकल र ५ लाखसम्म आम्दानी हुने दम्पत्तिले केही न केही रकम पाएपनि त्योभन्दा बढी आम्दानी हुनेले भने कुनै रकम पाउनेछैनन् ।

भुक्तानी अक्टोबर र जनवरी बीच जारी गरिनेछ। सन् २०२० मा इफाइल गरेर बैंक खातामा सिधा रिफण्ड पाएकाहरुलाई यो रकम सिधै बैंक खातामा पठाइनेछ । शुक्रबारदेखि अक्टोबरभरमा ९० प्रतिशतलाई रकम पठाइने अपेक्षा गरिएको छ ।
अन्य भुक्तानीहरू अक्टोबरको अन्त्यदेखि हुलाकमार्फत पठाइनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com