भारतीय कम्पनीको कफ सिरपले ६६ बालबालिकाको मृत्युपछि विश्व स्वास्थ्य संगठनको चेतावनी


प्रकाशित मिति : आश्विन २०, २०७९ बिहीबार

विश्व स्वास्थ्य संगठन डब्लुएचओले भारतीय औषधि कम्पनीका चारवटा खोकी र चिसोको औषधी कफ सिरपबारे चेतावनी दिएको छ । अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

जेनेभामा पत्रकार सम्मेलनमा डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रेयससले यसबारे चेतावनी दिइएको बताएका हुन् । यो गफ सिरपले मृगौलामा असर गर्ने र बालबालिकाको मृत्युसँग सम्बन्धित हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी छ ।

यी चार औषधिहरू भारतमा म्याडेन फार्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको हो। डब्ल्यूएचओले भारतमा कम्पनी र नियामक अधिकारीहरूसँग थप अनुसन्धान गरिरहेको छ। यी उत्पादनहरू अहिलेसम्म गाम्बियामा मात्र फेला परेका छन्, तर तिनीहरू अन्य देशहरूमा पनि वितरण गरिएको हुन सक्ने जनाइएको छ ।

डब्ल्यूएचओले सबै देशहरूलाई यी उत्पादनहरू परीक्षण गर्न र हटाउन सल्लाह दिएको छ । भारतीय कम्पनीले यी औषधिको सुरक्षाको ग्यारेन्टी समेत नगरेको डब्लुएचओको दाबी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी चार औषधीहरु चार औषधिहरू प्रोमेथाजिन ओरल सोलुसन, कोफेक्सामालिन बेबी कफ सिरप, मेकअफ बेबी कफ सिरप र मग्रिप एन कोल्ड सिरप हुन्। विशेषगरी बालबालिकामा यस्ता औषधिको प्रयोगबाट मृत्यु हुने सम्भावना देखिएको छ ।

भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनका अनुशार भारतीय कम्पनीले यी औषधिहरू गाम्बियामा मात्र पठाएको छ । तर विश्वका अन्य देशमा पनि प्रयोगको सम्भावना रहेको छ । किनभने कम्पनीले उही दूषित पदार्थहरू अन्य औषधिहरूमा प्रयोग गरेको हुन सक्ने सम्भावनाबारे पनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

अफ्रिकी देश गाम्बिया एक प्रसिद्ध पर्यटक गन्तव्य हो। जुलाईमा गाम्बियाका स्वास्थ्य अधिकारीहरूले पाँच वर्ष मुनिका बालबालिकाहरूमा मृगौलामा असर पर्नेको सङ्ख्या बढ्दै गएको फेला पारेका थिए ।

गाम्बियाका स्वास्थ्य अधिकारीहरूले गत महिना सेप्टेम्बरमा दर्जनौं बालबालिकाको मृत्यु भएको बताएका थिए । यो घटनापछि गाम्बिया सरकारले सबै प्यारासिटामोल सिरपको प्रयोगमा प्रतिबन्ध लगाएको छ भने मानिसहरूलाई ट्याब्लेटको प्रयोग गर्न भनेको छ।

गाम्बियाले यसबारे डब्ल्यूएचओलाई जानकारी गराएपछि डब्ल्यूएचओले अनुसन्धान सुरु गरेको हो । अनुसन्धानपछि डब्ल्यूएचओले ती औषधिको नमूना प्रयोगशालामा परीक्षण गरेपछि ती औषधिहरूमा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोल उच्च मात्रामा रहेको पुष्टि भएको बताएको छ ।

ती पदार्थ विषालु भएकाले पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने, पिसाब फेर्न गाह्रो हुने, टाउको दुख्ने, मानसिक स्थितिमा परिवर्तन आउने र मिर्गौलामा गम्भीर चोट लाग्ने र ज्यान समेत जान सक्ने स्वास्थ्य संगठनले जनाएको छ ।

दिल्लीको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले यस विषयमा छानबिन गर्न आदेश दिएको छ। यी कफ सिरपहरू हरियाणास्थित कम्पनी मेडेन फार्मास्युटिकल्स लिमिटेडमा बनाइन्छ।

दिल्ली, सोनीपत र चण्डीगढका टोलीले हरियाणाको कुण्डलीमा रहेको यो औषधि कारखानामा छापा मारेका छन् । हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले केन्द्र सरकारका अधिकारीहरूले यसबारे पूर्ण जानकारी सङ्कलन गरिरहेको बताएका छन्।

उनका अनुसार नमुना परीक्षणका लागि कोलकातास्थित केन्द्रीय औषधि प्रयोगशालामा पठाइने छ । प्रतिवेदनपछि केही गलत पाइएमा कडा कारबाही गरिने उनले बताएका छन् ।

कम्पनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । कम्पनीले आफ्नो औषधि एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देशहरूमा निर्यात गर्छ। यो औषधि नेपाल र भारतीय बजारमा पनि उपलब्ध छ वा छैन भन्ने यकिनका साथ भन्न गाह्रो छ ।

इन्साइक्लोपीडिया अफ टक्सिकोलजीका अनुसार डाइथिलिन ग्लाइकोल २० औं शताब्दीको सबैभन्दा ठूलो औषधि दुर्घटना मध्ये एक हो। यो एक प्रकारको विलायक हो।

सन् १९३७ मा अमेरिकामा एक औषधि बनाइएको थियो जसमा यसलाई विलायकको रूपमा प्रयोग गरिएको थियो। त्यसबेला बालबालिकासहित १०० भन्दा बढी बिरामीको ज्यान गएको थियो । त्यतिबेला बालबालिकालाई रुघाखोकीका लागि यो औषधि दिइन्थ्यो । यस दुर्घटनापछि सन् १९३८ मा खाद्य, औषधि र सौन्दर्य सम्बन्धी ऐन बनेको थियो ।

कम्प्रिहेन्सिभ टक्सिकोलजीका अनुसार, इथिलीन ग्लाइकोल एक औद्योगिक रसायन हो जुन एन्टिफ्रिजको रूपमा प्रयोग गरिन्छ। यसले मृगौला फेल हुन सक्छ।

नेपालमा ज्वरो, खोकी र रुघाखोकी लागेपछि डाक्टरको सल्लाह नलिइकनै पसलबाट औषधि किन्ने चलन सामान्य छ । साधारण मानिसले कुन औषधि किन्ने भन्ने आफै निर्णय गर्छन् वा धेरैजसो औषधि पसलमा बसेका व्यक्तिलाई सोध्छन् । तर कहिलेकाहीँ यो धेरै खतरनाक साबित हुन सक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com