राष्ट्रपति बाइडेनबाट गाँजा सम्बन्धित सबै साधारण संघीय अपराधहरुमा माफीको घोषणा


प्रकाशित मिति : आश्विन २०, २०७९ बिहीबार

राष्ट्रपति जो बाइडेनले गाँजालाई अपराधरहित बनाउनेतर्फ आफ्नो पहिलो प्रमुख कदम चालेका छन् । बाइडेनले बिहीबार गाँजा ओसारपसार सम्बन्धित सबै साधारण संघीय अपराधहरूमा माफी दिएका छन् ।

बाइडेनको यो कदमले गाँजासम्बन्धि संघीय अपराधमा परेका हजारौं अमेरिकीहरूलाई असर गर्नेछ। यो घोषणा संसदमा नियन्त्रण निर्धारण गर्ने नोभेम्बरको महत्वपूर्ण चुनावको एक महिना अगाडि आएको छ ।

सिनेटको सिटका लागि चुनावी दौडमा रहेका पेन्सिल्भेनिया डेमोक्रेटिक लेफ्टिनेन्ट गभर्नर जोन फेटरम्यान लगायतले गाँजालाई बैधता दिने मुद्दालाई अभियानको केन्द्रबिन्दु बनाएका छन्। उनले गत महिना बाइडेनसँग भेट्दा यो मुद्दा राष्ट्रपतिसँग उठाउने बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गाँजाको मुद्दा केही जिल्लाहरूमा केही मतदाताहरूको एजेन्डाको शीर्षमा पुगेको छ। घोषणाको एक भागको रूपमा बाइडेनले राज्यका गभर्नरहरूलाई पनि साधारण गाँजाका अभियोगहरु माफ गर्ने कदम चाल्न प्रोत्साहित गरेका छन् ।

राष्ट्रपति बाइडेनले डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिस र महान्यायाधिवक्ता मेरिक गारल्याण्डलाई संघीय कानून अन्तर्गत गाँजा कसरी अनुसूचित गरिएको छ भनेर ूछिटोू समीक्षा गर्नको लागि जिम्मेवारी दिने भएका छन् । यो संघीय वर्गीकरणलाई सम्भावित रूपमा सहज बनाउनको लागि पहिलो चरण हो । संघीय बर्गिकरणले अहिले गाँजालाई लागुऔषध हेरोइनको समान श्रेणीमा राख्छ।

गाँजा प्रयोग गर्ने वा राख्ने कोही पनि जेलमा पर्न नहुने बाइडेनले बताएका छन् । धेरै राज्यहरूमा कानुनी भएको र गाँजा राखेका कारण आपराधिक रेकर्डहरूले रोजगारी, आवास र शैक्षिक अवसरहरूमा अनावश्यक अवरोधहरू निम्त्याएको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com