थाइल्याण्डमा बाल स्याहार केन्द्रमा बन्दुकधारीको आक्रमण: मृतकको संख्या ३७


प्रकाशित मिति : आश्विन २०, २०७९ बिहीबार

थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बन्दूक, पेस्तोल र चक्कुसहित आएका खामराबले उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तको बालस्याहार केन्द्रमा स्थानीय समयअनुसार राति १२ः३० बजे गोली चलाएको थिए ।

आक्रमण भएको प्रान्तका प्रहरी कर्णेल जक्कापत विजितराइथायाले एएफपीलाई दिएको जानकारीअनुसार बन्दुकधारीले २३ बालबालिकासहित ३७ जनाको हत्या गर्नुका साथै अन्य १२ जना घाइते भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

३४ वर्षीय पूर्व प्रहरी लेफ्टिनेन्ट कर्नेललाई गत वर्ष लागूऔषधको प्रयोगगरेको आरोपमा बर्खास्त गरिएको विजितरायथैयाले बताउनुभयो ।

स्थानीय पवीना पुरीचनका अनुसार मोटरसाइकल चढेर आफ्नो पसलतर्फ जाँदै गर्दा पान्यालाई अनियमित रुपमा गाडी चलाउँदै गरेको भेटिएको थियो ।

उहाँले एएफपीसँग भन्नुभयो, “आक्रमणकारीले बाटोमा अरूलाई ठक्कर दिने योजना बनाएको जस्तो देखिन्थ्यो ।”

पावीनाका अनुसार आक्रमणकारी उक्त क्षेत्रमा लागूऔषध दुब्र्यसनीका रुपमा परिचित थिए ।

घटनापछिको भिडियो फुटेजमा बगैँचामा रहेको पहेँलो पर्खालले घेरिएको एकतले भवन नर्सरीबाहिरको आश्रयस्थलमा आमाबाबु रोइरहेको देखिएको छ ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले राष्ट्रिय प्रहरी प्रमुखलाई ‘अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन’ निर्देशन दिएको बताएका छन् ।

“यो डरलाग्दो घटनाप्रति म मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्न चाहन्छु, ।” प्रयुतले आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्नुभएको छ ।

थाइल्याण्ड लामो समयदेखि लागूपदार्थको तस्करी र दुरुपयोगको लागि कुख्यात हटस्पट बनेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com