बारा बस दुर्घटना: मृतकको सङ्ख्या १५, घाइते २० जनालाई लगियो भरतपुर


प्रकाशित मिति : आश्विन २०, २०७९ बिहीबार

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् ।

चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो ।

गम्भीर घाइेतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ ।

घाइते मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हेटौँडाको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल, सञ्चो अस्पताल र मकवानपुर सहकारी अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार हेटौँडा उपमहानगरपालिका–१४, नयाँबस्तीका १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का ५४ वर्षीय भीमसेन अधिकारी र खैरहनीकै ३८ वर्षीया रविना अधिकारीलाई उपचारका लागि चितवन लगिएको हो ।

यसैगरी हेटौँडा उपमहानगर–१४ चुरियामाईकी ३४ वर्षीया ठूलीमाया स्याङ्तान, सोही स्थानकी ३५ वर्षीया मञ्जुकुमारी लोप्चन, पर्साको वीरगञ्ज महानगरपालिका–१६ की २२ वर्षीया रविना चौरसिया, सोही स्थानका २५ वर्षीय सन्दिप चौरसिया, ४० वर्षीया लक्ष्मीदेवी चौरसिया र ६२ वर्षीया मालती चौरसिया पनि उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

यस्तै हेटौँडा उपमहानगर–७ की १७ वर्षीया सोनिया श्रेष्ठ, बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२ का ११ वर्षीय शिशिर विक, हेटौँडा उपमहानगर–१४ का १५ वर्षीय प्रशान्त स्याङ्तान, वीरगञ्ज महानगर–१६ का ११ वर्षीय दिवी आयान चौरसिया, सोही स्थानका प्रिन्स चौरसिया, चितवनका २० वर्षीय आयुस बाँस्तोला र वीरगञ्ज–१६ का सात वर्षीय दीपेश चौरसियालाई पनि थप उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ ।

यसैगरी हेटौँडा उपमहानगर–८ का १७ वर्षीय सलमान आलम, सोही ठाउँका १५ वर्षीय सवनम खातुन र हेटौँडा उपमहानगर–१४ की सात वर्षीया सुविना घिसिङलाई पनि थप उपचारका लागि चितवन पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

बसमा करिब ५० जना सवार थिए । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com