रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये लिमान रूसी सेनाबाट मुक्त


प्रकाशित मिति : आश्विन १६, २०७९ आईतबार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रूसी सेनाबाट ‘खाली’ गरिएको बताउनुभएको छ ।

मस्कोको आक्रमणविरुद्ध युक्रेनले हप्तौंलामो प्रतिआक्रमणको एउटा विशेषताका रूपमा रहेको यो पछिल्लो घटनाक्रम कीभ र पश्चिमको निन्दाका बावजुद रूसले कब्जा गरिएका युक्रेनी भूभागलाई अन्तिम रूप दिन अघि बढिरहेका बेला भएको हो ।

मस्कोको सेनाले हप्तौंसम्म प्रयास गरेको लिमानको पुनः कब्जाले क्रेमलिनले आफ्नो दाबी गरेको क्षेत्रमा युक्रेनी सेनाको पहिलो विजय हो र सबै सम्भव तरिकाले प्रतिरक्षा गर्ने कसम खाएको छ ।

Map of Ukraine.

“ स्थानीय समय अनुसार शनिबार मध्यान्न १२ः३० मा लिमन पूर्ण रूपमा रूसी सेनाबाट मुक्त भएको छ । युक्रेनी सेनालाई धन्यवाद !” जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा लेख्नुसभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनको सेनाले शनिबार लिमानमा प्रवेश गरेको बताएको छ । यसपछि मस्कोले शहरबाट आफ्ना सैनिकहरूलाई ‘अधिक अनुकूल रेखा (स्थल)हरू’ तर्फ ‘फिर्ता’ गर्ने घोषणा गरेको छ ।

आफ्नो नाम डे गुएरे ‘स्मोक’ बताउने ३३ वर्षीय युक्रेनी सैनिकले लिमानबाट एएफपीलाई भन्नुभयो, “अब म आशावादी छु र धेरै प्रेरित छु । म अग्रपङ्तीमा अझै अक्कल झुक्कल आक्रमण र प्रत्याक्रमणका गतिविधि देख्छु । यद्यपि हाम्रो अवस्था मजबुत छ । कसरी विदेशी हतियारहरू भित्राउने र हामीलाई हाम्रो भूमि फिर्ता लिने यसमा सहयोगी राष्ट्रले मद्दत गर्नेछन् ।”

जेलेन्स्कीले शनिबार एक भिडियो सम्बोधनमा देशको पूर्वी डोनबास क्षेत्रका थप क्षेत्रहरू यसै हप्ताभित्र पुनः कब्जा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com