अमेरिकाको फ्लोरिडामा भारी वर्षासँगै शक्तिशाली आँधी, चार हजार भन्दा बढी उडानहरू रद्द


प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार

अन्तराष्ट्रिय । अमेरिकाको फ्लोरिडा राज्यमा भारी वर्षासँगै शक्तिशाली आँधी आएको छ । शक्तिशाली आँधी ‘इयान’अमेरिकाको फ्लोरिडाको दक्षिणपश्चिमी तटमा पुग्दा भारी वर्षा, बाढीको अवस्था र तेज हावा चलिरहेको छ । दशकौंपछि पहिलो पटक अमेरिकामा यस्तो खतरनाक आँधी आएको बताइएको छ ।

बुधबार आएको यो आँधीलाई तीव्रताका आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसको गति २५० किलोमिटर रहेको छ । हावाहुरीको चपेटामा पर्नसक्ने घरहरू खाली गर्न निर्देशन दिइएको छ । लाखौं मानिस विस्थापित भएका छन् । सो क्षेत्रमा बिजुली अवरुद्ध छ । करिब १८ लाख जनतालाई विद्युत् आपूर्ति हुन सकेको छैन ।

फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले बुधबार भनेका छन्, “मानिसहरूको लागि प्रार्थना गर्नुहोस्। यो धेरै खराब दिन हो। “इन्टरनेशनल हरिकेन रिसर्च सेन्टरका एसोसिएट डाइरेक्टर एरिक सल्नाले भने, “समुद्री पानी आँधीबेहरीका कारणले गरेको विनाशलाई नदेखेसम्म कल्पना गर्न पनि गाह्रो छ।”

एरिक सालना भन्छन् , तथ्याङ्क र इतिहास हेर्दा, हावाले भन्दा पानीको कारणले धेरै मानिसको मृत्यु हुनसक्छ र इयानको अवस्था सबैभन्दा खराब छ।
फ्लोरिडाको सम्पूर्ण पश्चिमी तटमा आँधीको चेतावनी जारी गरिएको छ। बुधवार र बिहीबार अमेरिका भित्र र बाहिर गरी ४ हजारभन्दा बढी उडानहरू रद्द गरिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com