‘हिमालबाट विश्वमा उदाएकी हिलारी नेल्सन हिमालमै अस्ताइन्’


प्रकाशित मिति : आश्विन १२, २०७९ बुधबार

हिलारी नेल्सन स्की माउन्टेनर हुन् । उनको नेपालसँग पुरानो नाता छ । मनास्लु हिमालको हिमपहिरोमा ज्यान गुमाएकी चर्चित आरोही हिलारी नेल्सनले आफ्ना ठूला ठूला उपलब्धि पनि नेपाली हिमालबाटै प्राप्त गरेकी हुन ।

सन् २०१२ मा उनले २४ घण्टाभित्र ८ हजार मिटर भन्दा अग्ला दुई हिमाल सगरमाथा र लोत्से हिमाल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन । २४ घण्टामा यी दुई हिमाल चढ्ने पहिलो महिलाको कीर्तिमानले नेपालको पर्वतीय पर्यटनलाई माथि उठाउन ठूलो टेपा पुर्याएको थियो ।

नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ । नेशनल जियोग्राफिकका अनुसार उनी ८ हजार मिटर भन्दा अग्ला हिमालमा स्कि गर्ने एक मात्र महिला हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २००५ मा हिलारीले अक्सिजनको सहायताबिनै चोयु हिमालमा स्की गरेकी थिइन् । ८ हजार १८८ मिटर अग्लो चोयु विश्वकै छैंठो अग्लो हिमाल हो । त्यसपछि उनको चर्चा विश्वमा निकै भएको थियो ।

उनी मात्र होइन उनका पार्टनर जिम मोरिसन पनि आरोहणमा सक्रिय छन् । सन् २०१८ मा हिलारी र उनका श्रीमान जिमले ८ हजार ५१६ मिटर अग्लो लोत्से हिमालको टुप्पोबाट स्की गरेर फेदसम्म पुगेका थिए । लोत्से हिमालको टुप्पोबाट फेदसम्म स्की गरेर पुग्ने नेल्सन र मोरिसन पहिलो जोडी हुन् ।

अमेरिकाको सिएटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जिओग्राफीले साहसी खेलाडीको सूचीमा राखेको नाम हो हिलारी । स्की खेलेरै विश्वभरि चर्चा कमाएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारीसन् १९७२ डिसेम्बर १३ जन्मेकी हुन । हिलारीका दुई छोरा छन् ।

मनास्लुमा स्की गर्दै आधार शिविरमा फर्कने क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएकी हिलारीका दुबै छोरा पार्टनर जिम मोरिसन पनि मनास्लुको स्की खेलमासँगै थिए । मकालु हिमालमा स्की गर्ने उनी पहिलो महिला हुन् । ८ हजार ४८१ मिटर अग्लो मकालु पाचौं अग्लो हिमाल हो । पार्टनर जिमसँग मिलेर उनले भारतको पप्सुरा हिमालमा स्की गरेरै चढ्ने र ओर्लिने रेकर्ड राखेकी थिइन् ।

सन् २०१८ मै नेशनल जिओग्राफिकले उनलाई एडभेन्चरर अफ दि इयर घोषणा गरेपछि उनको चर्चा विश्वभर चुलिएको थियो । मेन्स जर्नलले उनलाई २५ वर्षको अवधिकै सबैभन्दा साहसी महिलाको दर्जा प्रदान गरेको थियो ।

मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी हिलारी नेल्सनको शव आज बिहान फेला परेको थियो । ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भीमथाङ क्षेत्रबाट हराएकी थिइन् । उनको शव शेर्पाहरुको टोलीले फेला परेको थियो । उनको शव आजै काठमाण्डौं ल्याईएको हो ।

छोराहरुसँगै मनास्लु हिमालमा इतिहास रच्न आएकी नेल्सनलाई हिमाललेनै कहिल्यै नदेख्ने गरी लुकायो । हिमालमा खेलेर विश्वमा उदाएकी हिलारी अन्ततः हिमालमै अस्ताउन पुगिन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com