साउदी अरेबियाले अन्तरिक्ष यात्री कार्यक्रम सुरु गर्दै, पहिलो यात्रु आफ्नै देशको महिला पठाउने


प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार

साउदी अरेबियाले बिहीबार आफ्नो अन्तरिक्ष यात्रीलाई अर्को वर्ष अन्तरिक्षमा पठाउने तालिम कार्यक्रम सुरु गर्ने जनाएको छ। यी अन्तरिक्ष यात्रीमा देशकी एक महिला पनि सामेल हुनेछन् । साउदी अरेबियाले आफ्नो भिजन सन् २०३० को भागको रूपमा तेलमा निर्भरता घटाउन र आफ्नो अर्थतन्त्र सुधार गर्न सक्रिय रूपमा विज्ञान र प्रविधिको प्रवर्द्धन गरिरहेको छ।

साउदी अरबका शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको यो योजनाले परम्परागत मुस्लिम देशमा महिलाहरूको व्यापक सहभागिताको लागि पनि आह्वान गरेको छ। साउदी अरेबियाले पनि २०१८ मा महिलाहरुलाई ड्राइभिङमा लगाएको प्रतिबन्ध हटायो। अरबबाट अन्तरिक्षमा जाने पहिलो व्यक्ति साउदी अरबका राजकुमार सुल्तान बिन सलमान थिए, जो युवराजका सौतेनी भाइ र वायुसेनाका पाइलट हुन्।

सलमान सन् १९८५ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको डिस्कभरी मिसनका सात चालक दलका सदस्यमध्ये एक थिए। पछि उनले सन् २०१८ देखि २०२१ सम्म साउदी अन्तरिक्ष आयोगको प्रमुखको रूपमा काम गरे। गत वर्ष उनी राजा सलमानको सल्लाहकारमा नियुक्त भएका थिए । साउदी अन्तरिक्ष आयोगले एक विज्ञप्तिमा भनेको छ, ‘साउदी अन्तरिक्ष यात्री कार्यक्रम, जुन राज्यको महत्वाकांक्षी भिजन २०३० को अभिन्न अंग हो, मानवताको सेवामा मद्दत गर्न साउदी अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउनेछ।’

अन्तरिक्ष यात्रीहरू मध्ये एक साउदी महिला पनि हुनेछन्, जसको अन्तरिक्ष अभियान राज्यको लागि ऐतिहासिक पहल हुनेछ। उही समयमा, साउदी अरबको छिमेकी राष्ट्र संयुक्त अरब इमिरेट्ससँग अरब संसारको प्रमुख अन्तरिक्ष कार्यक्रम छ। जसले फेब्रुअरी २०२१ मा मंगल ग्रहको कक्षमा अनुसन्धान सुरु गरेको छ। युएईले नोभेम्बरमा आफ्नो पहिलो मुन रोभर प्रक्षेपण गर्ने योजना बनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com