एमाले प्रवेशपछि खनालले भने- ‘केपी ओलीजस्तो राजनेता अर्को भेटिन’


प्रकाशित मिति : आश्विन ६, २०७९ बिहीबार

नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेशपछि बोल्दै उनले एमाले अध्यक्ष केपी ओलीले विभिन्न भूमिकामा निर्वाह गरेको राष्ट्रप्रतिको सेवा र समर्पणको भावलाई महामन्त्रको रुपमा आत्मासाथ गरेर जीवनको नयाँ पाटोमा प्रवेशको गरेको बताए । खनालले नागरिक जीवनको वर्तमान यात्रा र ३० वर्षे राष्ट्र र नागरिकको सेवामा सर्मपित रहेको बताउँदै केपी ओलीको नेतृत्वमा काम गर्ने चाहाना उठेको उल्लेख गरे ।

उनले भने, ‘नागरिक जिवनको केहि अहिलेको यात्रा र ३० वर्षे राष्ट्र र नागरिकको सेवामा समर्पित रहदा अध्यक्ष कमरेड ज्यूले विभिन्न भूमिकामा निर्वाह गर्नुभएको राष्ट्रप्रतिको सेवा र समर्पणको भावलाई मैले मूल रुपमा आत्मासाथ गरेर महामन्त्रको रुपमा त्यो मन्त्रलाई मैले आतसाथ गरेर आजको दिनमा अविस्करणीय जिन्दगीको अर्को पाटोमा प्रवेश गरेको छु ।’

उनले प्रहरी महानिरीक्षक पदमा रहँदा केपी ओलीको नेतृत्वमा राष्ट्रलाई उत्थान, नागरिकको मुहारमा खुशी ल्याउनेदेखि सामाजिक सद्भाव कायम गर्ने लगाएतका कामहरुको सारथीको रुपमा आफूलाई उभ्याउने चेष्टा राखेको स्मरण गर्दै नराम्रा कामको प्रशंसा नगर्ने ओलीको शितल छहारी पाउने विश्वास व्यक्त गरे । ‘विभिन्न उल्लेखनीय कामको एउटा सारथीको रुपमा आफुलाई उभ्याउने चेष्ट राखेको थिए । नराम्रा कामको प्रसंशा नगर्ने श्रद्य नेता अध्यक्ष कमरेड ज्यूको सितल छाहारी म पाउँने छु भन्ने विश्वासका साथ यो उद्घोष गर्दछु ।’ – उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केपी ओली आफू लगाएतका सुरक्षा निकायमा रहि नेतृत्व सम्हाल्ने प्रहरी कर्मचारीको आशाको किरण रहेको उनको दाबी छ । खनालले ओलीसँग काम गर्दाको सहजता र नियम विधिपूर्वक काम गर्दा निर्धक्कको बातावरण बनाउने राजनेता अन्त नभेटेको धारणा राखे । उनले भने, ‘उहाँसँग काम गर्दाको सहजता र आफुले सोचेको जस्तो काम गर्न पाउने वा नियम विधिपूर्वक काम गर्दा निर्धक्कको बातावरण बनाउने यस्तो राजनेता सायद मैले चाँहि अर्को भेटिन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com