विदेशीलाई नछुन चिनियाँ स्वास्थ्य अधिकारीको चेतावनी


प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार

चीनमा मंकीपक्सका एक संक्रमित फेला परेसँगै एक शीर्ष चिनियाँ स्वास्थ्य अधिकारीले विदेशी नागरिकको सम्पर्कमा नआउन चेतावनी दिएका छन्।
चिनियाँ सामाजिक सञ्जाल वेइबोमा गरेको एक पोस्टमा चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद वु जुनयोउले मानिसहरुलाई विदेशीसँग छालासँग छाला छोइने किसिमको कुनै पनि सम्पर्क नगर्न चेतावनी दिएका हुन्।उनको यो पोस्टसँगै एक विवाद उत्पन्न भएको छ। यसलाई धेरैले नश्लभेदी अभिव्यक्ति भएको बताएका छन्।

वुले गरेको पोस्टमा पछिल्लो तीन सातामा बाहिरबाट आउने मानिसको सम्पर्कबाट बच्न सुझाव दिइएको छ। अहिलेसम्म चीनमा फेला परेका मंकीपक्सका संक्रमित चिनियाँ हुन् भन्ने खुलेको छैन।

धेरै मानिसले उनको पोस्टमा प्रतिक्रिया दिँदै यस्तो अभिव्यक्ति दिनु नहुने बताएका छन्। एक प्रयोगकर्ताले भनेका छन्, ‘महामारीको सुरुवातमा चिनियाँ नागरिकलाई भाइरसको संक्रमण हुँदैन र दोस्रो मुलुकका मानिसलाई मात्र संक्रमण हुन्छ भन्ने गलत हो।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com