अमेरिकामा कोरोना महामारी समाप्त भएको बाइडेनको घोषणा, अझै दैनिक ४ सयको मृत्यु


प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् ।

बाइडेनले भने, “हामी अझै समस्यामा छौं, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।”

राष्ट्रपति जो बाइडेनले  अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै “धेरै काम” गरिरहेको बताएका छन् । अगस्टमा अमेरिकाले कोरोना महामारीका कारण जनवरी २०२० मा लागू गरिएको स्वास्थ्य आपतकाललाई अक्टोबर १३ सम्म लम्ब्याएको थियो।

दैनिक ४०० भन्दा बढीको मृत्यु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाइरसका कारण अहिलेसम्म अमेरिकामा १० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार दैनिक औसत ४०० भन्दा बढीको मृत्यु भईरहेको छ । गत साता कोरोनाका कारण तीन हजारभन्दा बढीको मृत्यु भएको थियो ।

यसको तुलनामा जनवरी २०२१ मा कोभिडका कारण एक हप्तामा २३ हजारभन्दा बढीको मृत्यु भएको थियो । अमेरिकी जनसंख्याको ६५ प्रतिशत पूर्ण रूपमा खोप लगाइएको छ।

हालैका दिनमा विश्व कोरोना महामारीबाट निको हुनेमा केही आशा देखिए पनि मानिसहरूले सावधानी अपनाउनु पर्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्।

अमेरिकाका शीर्ष स्वास्थ्य विज्ञ डा एन्थोनी फाउचीले  सोमबार भनेका छन्, – ‘स्थितिमा सुधार भइरहेको छ तर दैनिक मृत्युको दर ‘धेरै उच्च’ छ।’

डा . फाउचीले भने, ‘हामी जहाँ हुनु पर्ने थियो त्यो छैन। हामीले भाइरससँग जिउने बानी बसाल्नु पर्छ।’

उनले विशेषगरी आगामी हिउँदमा कोरोनाका नयाँ भेरियन्ट आउन सक्ने चिन्ता पनि व्यक्त गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com