जापानमा विनाशकारी आँधी नान्माडोल : २० लाख नागरिकलाई सुरक्षित क्षेत्रमा जान अनुरोध


प्रकाशित मिति : आश्विन १, २०७९ शनिबार

शक्तिशाली आँधीका कारण दक्षिण पश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरिएको छ ।  करिब २० लाख मानिसलाई अन्यत्र सर्न भनिएको छ । यसको कारण विनाशकारी आँधी नन्माडोल देशतर्फ सर्दै गएको र त्यसका कारण मौसम विभागले असाधारण ‘विशेष चेतावनी’ जारी गरेको हो । जापानको समाचार एजेन्सी एनएचकेले यो शक्तिशाली आँधी आइतवार कुनै पनि समयमा आउन सक्ने जनाएको छ।

सबैभन्दा शक्तिशाली आँधी
यो आँधीलाई दोस्रो सबैभन्दा शक्तिशाली आँधीको रुपमा व्याख्या गरिएको छ । यसले दक्षिणी क्युशु क्षेत्रका कागोशिमा, कुमामोटो र मियाजाकीमा बस्ने मानिसहरूलाई जोखिममा पारेको छ। जापानको मौसम विभागले कोगोशिमा क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि चेतावनी दिँदै  सुरक्षित क्षेत्रतर्फ जान अनुरोध गरेको छ ।

ओकिनावा क्षेत्र बाहिर यो पहिलो तूफान हो जसको लागि विशेष चेतावनी जारी गरिएको छ। सन् २०१३ देखि ओकिनावा बाहिर यस्तो अवस्था देखिएको छ । शनिबार साँझ आएको नन्माडोल आँधीलाई जल तथा मौसम विज्ञान विभागले ‘हिंसात्मक’ श्रेणीमा राखेको छ । जसका कारण २७० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । आँधी उत्तरपूर्वतर्फ २०० किलोमिटर टाढा रहेको दैतो टापुतर्फ सर्दैछ ।

मौसम पूर्वानुमान महाशाखा भन्छ ‘खतरनाक’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार आँधीका कारण कागोशिमामा भारी वर्षा हुने अनुमान गरिएको छ । यसपछि यो आँधी उत्तरतर्फ सरेर जापानको मुख्य टापुतर्फ सर्नेछ । जापानको मौसम विज्ञान विभागका प्रमुख रयुता कुरोराले “असाधारण रूपमा सानो” आँधीको जोखिम रहेको बताउनुभयो, जसले उच्च समुन्द्र र भारी वर्षा निम्त्याउने छ।

मानिसहरूलाई घर छोड्न अपील
मानिसहरूलाई आश्रय वा बाँच्नको लागि कुनै वैकल्पिक बाटो लिन आग्रह गरिएको छ। उनीहरुलाई खराब मौसमको सामना गर्न सक्ने ठाउँमा जान भनिएको छ । तर, यसलाई अनिवार्य गरिएको छैन । विगतमा पनि,अधिकारीहरूले मौसम अत्यन्तै खराब भएमा बासिन्दाहरूलाई आफ्नो घर छोड्न मनाउन संघर्ष गरेका थिए। यस पटक कुरोराले बासिन्दाहरूलाई खराब मौसमको सामना गर्न सक्ने भवनहरूमा शरण लिन आग्रह गरेका छन्।

हरेक वर्ष २० वटा आँधी आउँछन्

जापानमा अहिले आँधीको मौसम चलिरहेको छ । देशमा हरेक वर्ष करिब २० वटा आँधी आउँछन्। जसका कारण भारी वर्षाका कारण पहिरो र बाढी आउनु सामान्य कुरा बनेको छ । सन् २०१९ मा हागिबिस नामको आँधी जापानमा आएको थियो । त्यो वर्ष जापालले रग्बी विश्वकप आयोजना गरिरहेको थियो। त्यो आँधीले १०० जनाको ज्यान लियो।

यसबाहेक सन् २०१८ मा बाढी र पहिरोमा परी दुई सयभन्दा बढीको ज्यान गएको थियो । नन्माडोलआँधी आउनुअघि नै धेरै उडान रद्द भएका छन् । जलवायु परिवर्तनका कारण चक्रवातको जोखिम बढेको वैज्ञानिकहरुले बताएका छन् । जसका कारण गर्मी, खडेरी, बाढीजस्ता अत्यन्तै कठिन मौसमी अवस्था सिर्जना भई जनताले बारम्बार यस्तो अवस्थाको सामना गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com