प्रहरीबाट बच्न सेप्टिक ट्याङ्कीमा हाम फाल्दा एक युवकको मृत्यु


प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार

पाकिस्तानको हैदरावादको टन्डो मोहम्मद खानमा प्रहरीको कुटपिटबाट बच्न एक युवकले सेप्टिक ट्याङ्कीमा हाम फालेका छन् । ट्याङ्कीमा डुबेर उनको मृत्यु भएको हो । स्रोतका अनुसार प्रेम कोहलीका ३५ वर्षीय छोरा आलम ज्वरो आएपछि उपचारका लागि सिभिल अस्पताल गएका थिए । त्यहाँ उनको प्रहरीसँग झगडा भएको थियो । त्यहाँ ड्युटीमा रहेका प्रहरी जवान कादिरका रूपमा पहिचान भएका छन् ।

उनको परिवारले आलमलाई प्रहरीले कुटपिट गरेको दाबी गरेका छन् । यो घटना सिसिटिभी क्यामेरामा कैद भएको छ । कुटपिटबाट बच्न आलम अस्पतालबाट जोगिएर सेप्टिक ट्याङ्कीमा हाम फाले । प्रहरीले उनलाई कुटपिट गर्न खोजेको थियो । पीडितका आफन्तले विरोधमा हैदरावाद–सुजावल सडक अवरुद्ध गरेका छन् । उनले प्रहरीमाथि मुद्दा दर्ता गर्न माग गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com