काष्ठपाटी कुँद्ने शिक्षक !


प्रकाशित मिति : भाद्र १८, २०७९ शनिबार

अहिलेको पुस्तालाई कुनै बेलामा खरीले समेत लेखिन्थ्योभन्दा अनौठो लाग्छ । तर त्यही पुस्ता हो जसले खरीले लेखेर नै उच्च शिक्षाको खुट्किलो पार गर्थे । त्यसैमध्येका एक छन् बझाङको लक्ष्मी आधारभूत विद्यालय छविसपाथिभेरामा कार्यरत पुष्पराज जोशी ।

मुलुकमा परिवर्तनसँगै शिक्षा क्षेत्रले फड्को मारेको छ । खरिपाटी, काष्ठपाटी, कालोपाटी अहिलेको पुस्तालाई धेरै पुराना भइसकेका छन् । डिजिटलको युगमा काष्ठपाटी सम्झिने कुरामात्रै भयो । त्यससँगै खरीपाटी पनि पुरानै । तर यो समयमा पनि विद्यालयमा नियमित काठ कुँदेरै अध्यापन गराइरहेका छन् पदमराज ।

मुलुकभरका अधिकांश विद्यालय पनि प्रविधिमैत्री हुँदैछन् । धेरैजसो विद्यालयमा प्रोजेक्टरको माध्यमबाट पढाइ हुन्छ । केही विद्यालयमा यसरी पढाइ हुन थालेको दशकभन्दा बढी भइसक्यो । तर पदमराज भने काठ कुँदेर सीप सिकाउँदै विद्यार्थीलाई ‘सिपालु’ बनाइरहेका छन्। उनको कलाशैलीले नै कतिपय विद्यार्थी निकै सिपालु भइसकेका छन् ।

बाल्यकालदेखि नै काठमा चित्र कोर्नेदेखि लेख्ने अभ्यास गरेका जोशीले अहिलेसम्म हजारभन्दा बढी काठ खोप्दै अक्षर लेखिसकेका छन् । बाजुराको ढम्कनेस्थित सरस्वती माविमा काम गर्दा उनलाई ‘सिपालु शिक्षक’ भन्दै विभिन्न संस्थाले देशभरि नै घुमाए । उनले आफ्नो सीप जुन–जुन ठाउँ गए, त्यो ठाउँमा सिकाउँदै पनि आए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०५१ देखि सुरू गरिएको काष्ठपत्र

जोशीले शिक्षक पेशा सम्हालेको केही समयमै बाजुरामा काष्ठपाटी कुँद्न सुरू गरे । विसं २०५१ मा विद्यार्थीलाई पढाउन सुरू गरेको काष्ठपाटी विस्तारै बाजुरामा लोकप्रिय हुँदै गयो । जोशीले २०४८ मा १२ कक्षा पास गरी ढम्कनेबाट सरूवा भए । दहकोटमा प्रधानाध्यापक भएर गइसकेपछि उनलाई काष्ठ कुँद्न सहज भयो । उनले काठ कुँद्दा वरिपरि हेर्नेको घुइँचो नै लाग्थ्यो । कतिपय ठाउँमा अरू अभिभावकले पनि त्यो अभ्यास गरे । जोशीले भने निःशुल्क काठ पाएपछि तीन दशकसम्म काष्ठपाटी कुँदिरहे ।

सामान्य परिवारमा जन्मिएका पुष्पराज न्यायाधीश केशवराज जोशीको सहयोगीका रूपमा बाजुरा पुगेका थिए । बाजुरामा एसएलसी पास गरेको हुँदा न्यायाधीशसहित जिल्लाका जिम्मेवार व्यक्तिले उनलाई जागिर लगाए । मेहेनती पुष्पराजलाई बाजुराको माटोले धेरै ठाउँमा अघि बढ्ने मौका दियो ।

बाजुरामा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीसहितको टोली अनुगमनमा आएपछि पुष्पराजले कुँदेका काष्ठपाटीहरू सार्वजनिक भएका हुन् । विद्यालयको भित्तामा लहरै टाँसेका पाटीले सबैको ध्यान खिच्दै गए ।

कला देखेर युनिसेफका दमन रूपाखेती र राधिका तुम्बाहाम्फेले धेरै ठाउँमा घुम्ने अवसर जुराए । शिक्षक पुष्पराजले मुलुकका ३०–४० जिल्लामै घुमेर आफ्नो सीप साट्ने अवसर पाए। उनलाई झापामा भ्रमणमा गएको बेला रूपाखेतीले नै सरसामग्री जुटाएर छिटो तस्वीर कोर्न सिकाएका थिए। त्यसपछि जोशीको काष्ठपाटी कुँदाइको गति बढ्दै गयो । जोशी रूपाखेतीलाई गुरू मान्छन् ।

बाजुरामा बस्दा जोशीलाई काठ खोप्न कहिल्यै समस्या भएन । तर पेन्टिङ गर्नलाई बाहिरबाट ल्याउनुपर्ने हुँदा अलि समस्या हुन्थ्यो । अहिले पनि पुष्पराज काष्ठमै लेखेर विद्यार्थीलाई पढाउने, कुँद्न सिकाउने गर्छन् । उनको त्यो उद्देश्य भनेको विद्यार्थीलाई पनि ‘सिपालु’ बनाए। “मलाई कुनै निकायबाट केही चाहिएको छैन । तर विद्यार्थीलाई स्वतन्त्ररूपमा हरेक विषयमा आफूले सिकेको सीप सिकाउन पाए त्यसैमा खुसी हुन्थेँ”, उनी भन्छन् ।

विसं २०७४ मा पुष्पराज बझाङ सरूवा भए । बझाङमा आफ्नो घरछेउकै विद्यालय काष्ठपाटीमैत्री बनाउने सोचमा भए । तर स्थानीय सरकारले नै चासो नदिएपछि उनी निरास भए । अहिले लक्ष्मी आधारभूत विद्यालयमा हेर्दा उनले कुँदेका दर्जनौँ काष्ठपाटी रङरोगन गर्नै नपाएर थन्किएका छन् । “आफ्नै ठाउँका बालबालिकालाई पढाउन सुरूमा धेरै पाटीमा खोपियो”, उनी भन्छन्, “अहिले रङकै अभावले कुहिन लागेका छन् ।” जीवनको उत्तराद्र्धमा प्रवेश गर्नुभएका जोशी नमूना विद्यालय बनाउन चाहन्छन् । तर कुनै निकायबाट पनि सहयोग पाएका छैनन् ।

लक्ष्मी आधारभूत विद्यालयमा एक सय  पाँच विद्यार्थीका लागि पाँच शिक्षक छन् । दुई  स्थायी दरबन्दी, दुई राहत र एक इसिजी । पुष्पराजको दैनिक समय विद्यार्थी तथा शिक्षकलाई आफ्नो कला सिकाउने हो । कुँदेका काष्ठपार्टीमार्फत विद्यार्थीलाई पढाउने गर्छन् ।

बाजुरामा उनको कलाले स्वर्ण पदकसम्म पाएको थियो । बझाङमा खासै गतिलो प्रतिक्रिया नपाएको उनी बताउँछन् । उनको घरमा उनीजस्तै सिपालु सन्तति पनि छन् । उनको जेठो छोरा पारसले २०६० सालमा चित्रकलाबाटै रु सात लाख पुरस्कार जितेका थिए । परिवारका अन्य सदस्यले पनि काष्ठपाटीप्रति निकै चासो दिने गरेका जोशी बताउँछन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com