विदामा समेत अन्तरवार्ता लिएर गत महिना अमेरिकाले दियो १३४१ नेपालीलाई विद्यार्थी भिसा


प्रकाशित मिति : भाद्र ९, २०७९ बिहीबार

अमेरिकी दूतावास काठमाडौं

विदाका दिनमा समेत अन्तरवार्ता लिएर गत महिना अमेरिकी दूतावास काठमाडौंले १३४१ जना नेपालीलाई विद्यार्थी र विद्यार्थी डिपेन्डेन्ट भिसा दिएको छ । अमेरिकी दूतावास काठमाडौंबाट जुलाईमा १२२० जनाले विद्यार्थी भिसा एफवान र १२१ जना उनीहरुका डिपेन्डेन्टले एफ टु भिसा प्राप्त गरेका छन् । यो विवरण अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले बिहिबार सार्वजनिक गरेको हो ।

जुलाईमा विश्वभरबाट विद्यार्थी र विद्यार्थी डिपेन्डेन्ट भिसा पाउने नेपालीहरुको संख्या भने १४२६ रहेको छ । जसमध्ये १३०१ जनाले एफ वान र १२५ जना उनीहरुका डिपेन्डेन्टले एफ टु भिसा प्राप्त गरेका छन् । जुलाईमा विद्यार्थी भिसा दिनका लागि अमेरिकी दूतावास काठमाडौंले सुपर सन्डेका नाममा आइतबार पनि भिसा अन्तरवार्ता लिएको थियो ।

अमेरिकी दूतावास काठमाडौंले जुलाई १७ आइतबार विद्यार्थी भिसाका सयौं भिसा अन्तरवार्ताहरु लिएको थियो । जुन महिनाको अन्तिम सातादेखि अप्वाइन्टमेन्टहरु खुला गरेर उक्त दिन अन्तरवार्ता लिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया आइतबार दूतावास बन्द हुने भएतापनि विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवशरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर दूतावासले भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराएको थियो ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गरेको थियो । सुरुमा अप्वाइन्ट लिन चाहनेहरु र पछिको अप्वाइन्टमेन्ट अगाडि सार्न चाहनेहरुलाई पनि यो अवशर प्रदान गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com