‘तपाइको घरको नक्सा तपाइसँग हुन्छ कि म सँग ?’ भन्दै अल्फाबिटाका सञ्चालकसँग झोक्किए बालेन (भिडियो)


प्रकाशित मिति : भाद्र ९, २०७९ बिहीबार

विभिन्न व्यापारिक संरचनामा अवैध व्यवसाय नियन्त्रण गर्न आफैँ मैदानमा उत्रिएका काठमाण्डौ महानगरपालिकाका नगर प्रमुख बालेन शाहले संयमता गुमाएका छन् । बिहीबार नयाँ बानेश्वरमा रहेको अल्फाबिटा कम्प्लेक्समा पुगेका बालेन सञ्चालक द्विराज शर्मासँग झोक्किएका हुन् ।

सञ्चालक शर्माले आफूले व्यवसाय गर्न स्वीकृत लिएको बताउँदै गर्दा शाहले आक्रोशित शैलीमा ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै सवाल जवाफ गरेका थिए । शाह त्यतिमै रोकिएनन्, ३५ दिने सूचना हातमा बोकेर हिँडेका शाहले चर्को स्वरमा झोक्किन पुगेका थिए । आक्रोषलाई नियन्त्रणबाहिर पुर्याएका बालेनलाई नजिकैबाट तपाई हाम्रो जनप्रतिनिधि भएर किन आवेशमा आउनुहुन्छ भनेका थिए ।

बालेनले भोक्किदैं भने, ‘तपाईको घरको नक्सा म सँग हुनुपर्छ । ३५ दिन भित्र खाली गरे भनेर नोटिस दिएको छैन् ? तपाईको घरको नक्सा म सँग हुन्छ । तपाइको घरको नक्सा तपाइसँग हुन्छ कि म सँग हुने ।’

शाहले व्यापारिक प्रायोजनका बनाइएको भुमीगत संरचना तत्काल खाली गर्ने निर्देशन समेत दिएका छन् । यस्तै महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित निस्किएका शाहले बिहीबार मात्रै शंखमूलस्थित एक व्यावसायिक भवनको पार्किङमा बेसमेन्टमा बर्गर हाउस सञ्चालन गरेको पाएपछि त्यहाँ पुगेर हटाउन निर्देशन छन् । त्यहाँपश्चात महानगरप्रहरी र कर्मचारीको टोली बत्तिसपुतलि स्थित मुक्तिनाथ विकास बैंक र आडमा रहेको एक रेष्ट्ररेन्टलाई समेत अवैध संरचना हटाउन निर्देशन दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बुधबार मात्रै बालेन्द्र शाहले सुन्धारास्थित काठमाडौं मलअगाडि रहेका अवैध संरचना र खिचापोखरी नजिकैको आरबी कम्प्लेक्स पुगेको संचरना पनि भत्काएका छन् । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ । अनधिकृत संरचना हटाउन काठमाडौंका मेयर बालेन्द्र शाह स्वंय नै बानेश्वर क्षेत्रमा खटिएका छन् । यसअघि ३५ दिने सूचना निकाल्दा पनि अटेरी गरेपछि मेयर शाहले अवैध संरचना भत्काउने अभियान चलाएका हुन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com