अमेरिकी अदालतमा ३६०१ नेपालीका एसाइलम पेन्डिङ


प्रकाशित मिति : असार १६, २०७४ शुक्रबार

अमेरिकाको अध्यागमन अदालतमा ३६०१ जना नेपालीका अध्यागमन सम्बन्धि मुद्दा पेन्डिङ अवस्थामा रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । त्यो बाहेक अरु १० वटा अपराधसँग सम्बन्धित नेपालीका केसहरु पनि इमिग्रेशन अदालतमा पेन्डिङ रहेका छन् ।

एसाइलमका पेन्डिङ केसहरुमध्ये न्युयोर्कको अदालतमा मात्र २ हजार १० जना नेपालीका एसाइलमसम्बन्धि मुद्दाहरु रहेका छन् भने न्युयोर्कपछि सबैभन्दा धेरै पेन्डिङ मुद्दाहरु क्यालिफोर्नियाको अदालतमा ७५६ वटा रहेका छन् । त्यसपछि टेक्सासको अदालतमा २६६ र मासाचुसेट्सको अदालतमा ९५ जना नेपालीका एसाइलम सम्बन्धि मुद्दा पेन्डिङ रहेका छन् । अदालतमा बाहेक युएससीआईएसमा पनि नेपालीका सयौं मुद्दाहरु पेन्डिङ अवस्थामा छन् ।

न्युयोर्क, भर्मोन्ट र कनेक्टिकट क्षेत्राधिकार भएको पुनरावेदन अदालत सेकेण्ड सर्किटले नेपालको राजनीतिक अवस्थामा परिवर्तन आएको भन्दै एकजना नेपालीको एसाइलम मुद्दा अस्वीकार गरेपछि अदालतमा पेन्डिङ केस हुने नेपालीहरुमाझ अन्यौल छाएको छ । माओवादी युद्धका कारण नेपाल फर्कन डर भएको आधारमा फाइल गरिएको एसाइलम सेकेण्ड सर्किट कोर्टबाट अस्वीकार भएको सन्दर्भमा यसैलाई नजिर मानेर माओवादीको डर भएको देखाउदै फाइल गरिएका मुद्दा स्वीकृत हुने सम्भावना कम भएको विश्लेषण गरिएको छ ।

अमेरिकामा एसाइलम गर्ने अधिकांश नेपालीहरुले आफूलाई नेपाल फर्कन माओवादीको डर भएको कारण देखाउदै आएका छन् । तर माओवादीका कारण नेपालमा फर्कन अब कुनै डर नभएको भन्दै सेकेण्ड सर्किट कोर्टले एकजना नेपालीको एसाइलम अस्वीकृत गरिदिएपछि विस्तारै अमेरिकामा नेपालीको एसाइलम संकटमा पर्ने सम्भावना देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com