एमालेमा आफूले रोपेको बिउ केही समयपछि फुल्ने र फल्ने अध्यक्ष प्रचण्डको दाबी
प्रकाशित मिति : असार १५, २०७९ बुधबार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा केपी ओली प्रवृति हाबीहुँदैँ जाँदा पार्टी धेरै ठूलो निरंकुशतामा जाने खतरा देखेर आफूहरुले विद्रोह गरेको बताएका छन् । आज पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले ओली प्रति निशाना साँच्दै भर्ने त्यो प्रवृति र नेतृत्व त्यहाँ नहुने हो भने मैले अरु हजारौँ कार्यकर्ताहरुलाई आरामले समाजवादको यात्रामा डोर्याउन सक्छु ।’ उनले एमालेमा आफूले बिउ रोपेर आएको र त्यो केही समयपछि त्यो फुल्ने र फल्ने दाबी गरेका छन् ।
उनले माओवादीहरू एक हुनुपर्छ भन्ने जनताको तहबाट दबाब आएको पनि उनले पार्टी प्रवेस कार्यक्रममा चर्चा गरेका छन् । उनले भने, ‘जनताको आवाजलाई नसुनेजस्तो गर्नु हुँदैन ।’ बिना आग्रह, बिना पूर्वाग्रह सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले भने, ‘एक ठाउँमा सबै उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी जनयुद्धमा भाग लिएकाहरू आफ्नो नेतृत्वमा एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् ।
विप्लव नेतृत्वको नेकपा छाडेर माओवादीमा समाहित भएका नेता कार्यकर्तालाई पेरिसडाँडामा स्वागत गर्दै अध्यक्ष दाहालले फेरि प्रचण्डकहाँ जानुपर्ने भयो भनेर लाज नमान्न आग्रह गरेका पनि गरे ।
वैज्ञानिक समाजवादको दिशातिर पु-याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक रहेको दाहालको भनाई छ । क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्दको नियतप्रति आफ्नो शंका नभएको तर चाहनाले मात्रै क्रान्ति नहुने दाहालको भनाई छ । सबैले आ–आफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै दाहालले वैद्य, विप्लव लगायतलाई पुनर्विचार गर्न आग्रह गरे ।
माओवादी धारको पुनः एकीकरण आफ्नो नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरे । उनले साना–साना पसल थापेर लडाइँ जित्न नसकिने भन्दै जनता र कार्यकर्ताले पनि माओवादीहरूलाई दाहालको नेतृत्वको एकताबद्ध हुन निर्देशित गरेको बताए ।
अध्यक्ष दाहालले विप्लव नेतृत्वको जनक्रान्तिमा ज्यान गुमाएकाहरूको जिम्मेवारी पनि आफूले लिने भन्दै अब माओवादी आन्दोलनको पुनः एकीकरण कसैले रोक्न नसक्ने दाबी गरे ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विद्रोह गरेर माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुनले माओवादीबाट विद्रोह गरेपछि मोहन वैद्य हुँदै विप्लव समुहसम्म पुग्दा उपलब्धि हासिल गर्न नसकेको बताए । विद्रोह गरेको १० वर्षपछि पुनर्विचार गर्नुपर्ने अवस्था आएपछि माओवादीमै फर्किन बाध्य भएको उनले बताए । नेता पुन, खड्का, ठगुन्नासँगै दलबहादुर धामी र रमेश परियार लगायत विप्लवको पार्टीबाट ६७ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।