स्याम्पुको बट्टाभित्र लुकाएर ल्याएको सुनसहित एक जना पक्राउ


प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार

सनसिल्क स्याम्पुभित्र लुकाएर ल्याएको सय ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट आज बिहान एक जना पक्राउ परेका छन् ।

सलाम एअरवेजको उडान नं.४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंह एक सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख भन्सार प्रशासक महेश भटराईका अनुसार पक्राउ परेका सिंहले सनसिल्क स्याम्पुको झोलमा मिसाएर उक्त १०० ग्राम सुन लुकाएर ल्याएका थिए ।

अहिले सिंहलाई भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com