प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग


प्रकाशित मिति : जेष्ठ २९, २०७९ आईतबार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेको छ ।

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे दुई दिनअघि सदनमा सत्ता गठबन्धन पार्टीका एक प्रमुख सचेतकले प्रधानमन्त्रीको आसन्न भ्रमणको विषयलाई लिएर प्रश्न उठाउनुभएको सन्दर्भ उल्लेख गर्दै त्यसबारे संसद्लाई जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्ष दलको आवाजलाई आधिकारिकता मानिन्छ, सत्तापक्षकै सचेतकले प्रधानमन्त्रीको भ्रमण सम्बन्धमा प्रश्न गरेको विषय सामान्य विषय होइन, त्यसका बारेमा प्रधानमन्त्रीले नै संसद्लाई जानकारी दिनुपर्छ ।”

उहाँले विशेष गरी प्रधानमन्त्रीको अमेरिका भ्रमणको समग्र विषय, त्यसको व्यवस्थापन, भ्रमणको प्रकृति, नेपालको परराष्ट्र नीति, वैदेशिक सम्बन्धका बारेमा जानकारी माग गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको विदेश भ्रमण जस्तो गम्भीर विषयमा प्रमुख प्रतिपक्ष दललाई जानकारी गराउने, परामर्श लिने तथा सुझाव लिने र एउटा राष्ट्रिय समझदारी बनाउने चलन वर्तमान सरकारले छोड्दै गएको छ, भ्रमण राजकीय, आधिकारिक, सद्भावना मात्रै, अफिसियल वा के हो रु त्यसबारे हामीलाई जानकारी छैन, भ्रमणमा छलफलका विषय केके हुन यस विषयमा प्रतिपक्ष विल्कुल बेखबर छ ।”

उहाँले सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको ऊर्जा उत्पादन सम्बन्धमा नेपाल र भारतबीच दीर्घकालीन अवधारणाका सन्दर्भमा पनि सदनलाई जानकारी दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अबदेखि नेपालमा ऊर्जा उत्पादन, प्रसारण लाइन विस्तार दुईतर्फी विद्युत् व्यापार दुवै देशको राष्ट्रिय प्रसारण लाइनको उपयोग त्यही फ्रेमवर्कअन्तर्गत हुनेगरी सरकारले ल्याएको छ त्यस योजनाबारे सदनलाई जानकारी दिनुपर्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com