डिभी परेर ८ महिना अगाडि अमेरिका आएका शंकर परियार किचनमा मृत फेला, शव नेपाल पठाउन गोफण्डमी


प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार

अमेरिकाको क्यालिफोर्नियामा घरको किचनमा मृत अवस्थामा भेटिएका धादिङका शंकर परियारको शव नेपाल पठाउन गोफण्डमीमा आर्थिक संकलन सुरु गरिएको छ । एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टर र नेपलिज अमेरिकन परियार एसोशियसनले आर्थिक सहयोगका लागी अपिल गरेको हो ।

डिभी मार्फत अमेरिका आएका परियार मे को अन्तिम साता आफू बसेको घरको किचनमा झुन्डिएको अवस्थामा फेला परेका थिए । शंकरको परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको शव नेपाल पठाउनका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

धादिंगको निलकन्ठ ८ स्थायी घर भएका परियार सान्तारोजा क्यालिफोर्नियामा बस्दै आएका थिए। ३३ बर्षका परियार वेद वहादुर परियार र पुंगकुरी परियारका माहिला छोरा थिए ।

मास्टर्स दोश्रो बर्षमा अध्ययन गर्दा गर्दै उनले डिभी पारेका थिए । पाँचौंपटकको प्रयासमा डिभी पारेका उनले कोरोना महामारीका बाबजुत भिसा प्राप्त गर्न सफल भएका थिए ।

डिभी लोटरी मार्फत २०२१ अक्टोवर ७ मा अमेरिका आएका उनी मेहनती,इमान्दार र सहयोगी भावना भएको व्यक्ति भएको उनी निकटहरुको भनाई छ । अमेरिका आएको ८ महिना पनि पुरा नहुँदै उनले आफ्नो जीवन समाप्त पारेका छन् ।

दुई वर्ष अघिमात्र छोरीको मृत्यु वेहोरेको वुवाआमा र परिवार फेरी दोस्रो सन्तानको शोकमा डूबेको छ। ५० हजार डलरको लक्ष्यसहित सुरु गरिएको गोफण्डमीमा १७ हजार डलर संकलन भइसकेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com