माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पोखरामा


प्रकाशित मिति : जेष्ठ २२, २०७९ आईतबार

नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ ।गत वर्ष कोभिड–१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति प्रदान गरेपश्चात् आगामी असोज ५ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सङ्घले जनाएको छ ।

सो प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० खेलाडी, रेफ्री, अफिसियल गरी दुई हजारभन्दा बढी विदेशी खेलाडी र खेल पदाधिकारी सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष एवं नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश शमशेर राणाले बताउनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता भएको र सोको तयारीका लागि कम्तीमा पाँच महिना समय लाग्ने भएकाले अहिलेदेखि नै आवश्यक तयारीका काम अघि बढाइएको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो वरियताका लागि खेल्ने छन् । प्राप्त अङ्कका आधारमा खेलाडीको अन्तर्राष्ट्रिय वरियता तय हुने बताइन्छ ।

विश्व तेक्वान्दो सङ्घले मान्यता प्राप्त गरेको ‘जि टु’ खेल खेलाइने भएकाले सहभागी सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालको परिवेशमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा सबै लाग्नुपर्ने देखिएको महासचिव दीपराज गुरुङले बताउनुभयो । प्रतियोगितामा सिनियर महिला÷पुरुषतर्फ आठ÷आठ र जुनियरतर्फ १०/१० वटा तौल समूहका खेल हुनेछन् । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगिताका लागि रु दुई करोड खर्च लाग्ने अनुमान गरिएको र सङ्घ÷प्रदेश, स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट सहयोगको अपेक्षा गरिएको सदस्य सचिव जगनबहादुर गुरुङले बताउनुभयो ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्रसेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायीसमेतको ५१ सदस्यीय सल्लाहकार समिति समेत गठन भइसकेको बताइन्छ ।

प्रतियोगिताबाट नेपाली तेक्वान्दो खेलाडीले अनुभव प्राप्त गर्नसक्ने भएकाले आगामी दिनहरुमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि खेलाडीलाई सहज हुने विश्वास गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com