कञ्चनपुरमा कांग्रेस, माओवादी केन्द्र र  एमालेलाई एक/एक पालिका


प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार

कञ्चनपुरका नौ पालिकामध्ये स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले एक/एक पालिकामा जित निकालेका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार यहाँको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित हुनुभएको छ ।

प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मदनसेन बडायकलाई एक हजार ६५८ मतान्तरले पराजित गर्दै एमालेका राना निर्वाचित हुनुभएको हो । निर्वाचित रानाले चार हजार ५१६ मत ल्याउनुभएको थियो भने बडायकले दुई हजार ८५८ मत प्राप्त गर्नुभएको थियो । यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै उम्मेदवार सपना चौधरी राना निर्वाचित हुनुभएको छ । उहाँले कांग्रेसका राधा रानालाई पराजित गर्दै उपाध्यक्ष पद सुरक्षित गर्नुभयो । यसैगरी यहाँको बेल्डाडी गाउँपालिकामा कांग्रेसबाट उम्मेदवार रहनुभएका हरिचन्द्र राना अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसकै शान्तिनाथ निर्वाचित हुनुभएको छ् ।

अध्यक्ष पदमा निर्वाचित राना कांग्रेसका उपसभापतिसमेत हुनुहुन्छ । उहाँले चार हजार २०१ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार अक्कलबहादुर विष्टले दुई हजार ३०१ मत प्राप्त गर्नुभएको छ । सो पालिकामा यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

त्यसैगरी यहाँको दक्षिण क्षेत्रमा पर्ने बेलौरी नगरपालिकामा माओवादीका उम्मेदवार पोतिलाल चौधरी दोस्रो पटक नगरप्रमुख पदमा निर्वाचित हुनुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा चौधरी पहिलो पटक बेलौरी नगरपालिकाको नेतृत्वमा पुग्नु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नगरप्रमुखमा चौधरीले ८ हजार ७८७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटत्म प्रतिस्पर्धी एमालेका उम्मेदवार कमला बोहराले ६ हजार ८०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलौरी नगरपालिकाको उपप्रमुखमा भने एमालेका जोगराम चौधरी सात हजार ५८३ मतसहित निर्वाचित हुनुभएको बेलौरीस्थित निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिनुभयो ।

त्यसैगरी यहाँको भीमदत्त नगरपालिका, बेदकोट र कृष्णपुर नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ भने दोधारा चाँदनी र शुक्लाफाँटा नगरपालिकामा एमालेका उम्मेदवार जारी मतगणनामा अग्रता लिइरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com