म्याग्दीको मालिका गाउँपालिकामा एमाले विजयी


प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार

म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले तीन हजार ९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी पुनले तीन हजार १६७ मत ल्याएर विजयी हुनुभयो ।

अध्यक्षमा नेपाली कांग्रेसका श्रीप्रसाद रोकाले दुई हजार ९७० मत र नेकपा (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जालीले दुई हजार २२५ मत पाउनुभएको छ । उपाध्यक्षमा कांग्रेसको पिपला बुढाथोकीले तीन हजार १३९ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।

गर्बुजा विसं २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रोकासँग ८५ मतले पराजित हुनुभएको थियो ।

गाउँपालिका अध्यक्षमा १२१ तथा उपाध्यक्षमा २१ मतान्तरले विजयी हुनुभएको हो । १३ हजार २०१ मतदाता रहेको मालिकामा ६७ दशमलव ७६ प्रतिशत अर्थात् आठ हजार ९४६ मत खसेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मालिकामा ३७ पदका लागि १४७ चुनामी मैदानमा उत्रिएका थिए । ७ वडा रहेको मालिकामा एमाले र कांग्रेसले ३÷३ वडा तथा माओवादीले एक वडामा विजय प्राप्त गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com