बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक बिजयी हुनुभएको छ । उहाँले दुई हजार २८५ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले तीन हजार ४०३ मत प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी छममाया घर्तीले ५६१ मत प्राप्त गर्नुभएको थियो । यस्तै पालिकाका पाँचवठटै वडामा गठबन्धका उम्मेदवार विजयी भएका छन् ।
वडा नं १ मा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्णबहादुर भण्डारी, ४ मा जीतबहादुर खत्री र ५ मा मनबहादुर खत्री विजयी हुनुभयो । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धको प्यानलै विजयी भएका हुन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।