माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतदानपछि भने ‘जित र हार निर्वाचनको स्वभाविक प्रक्रिया हो ’
प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार
dtbfg ub}{ cWoIf bfxfn lrtjg, #) j}zfvM g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k’iksdn bfxfn k|r08Ú e/tk’/ dxfgu/kflnsf !$ df /x]sf] g]kfn k’ln; :s’n dtbfg s]Gb|df :yfgLo tx lgjf{rgsf] pDd]bjf/nfO{ dtbfg ub}{ . tl:a/M gf/fo0f clwsf/L÷/f;;
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्नुभएको छ ।
मतदान पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गर्नुभयो । उहाँले भन्नुभयो“ उहाँले स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो । ”
सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले भन्नुभयो, “जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो ।”





