लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै


प्रकाशित मिति : फाल्गुन १०, २०७८ मंगलबार

बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी गराएका छन् ।

यहाँ हाल ७८ देशका मानिस विभिन्न पदमा कार्यरत छन् । कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ । उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहनुभएकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायत नेपाली आवद्ध छन् ।

कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको उक्त समूहका अनुसार सो दिन दिनको १२ बजे अस्पतालको चमेनागृहमा नेपालको राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरू गरिने र नेपाली राष्ट्रिय गीतको अङ्ग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ । नेपाली वेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताउनुभयो ।

नेपालको भौगोलिक र ऐतिहासिकता झल्काउने विभिन्न पर्यटकीयस्थल समेटिएको श्रव्यदृश्य पनि देखाइने छ । यसका साथै अस्पतालको कार्यक्रमस्थलमा नेपाली कला, सङ्गीत तथा अन्य रमणीय स्थानका तस्वीर र नेपाली कला प्रदर्शनी गरिने रस्मितासिंह दर्लालीले जानकारी दिनुभयो । अस्पतालमा करिब १५० नेपाली कार्यरत छन् ।-RSS

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com