रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । जन्ती लिएर सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जीप गरुडामा दुर्घटना भएको हो ।
दुर्घटनामा बाराको गढीमाई नगरपालिका–४ का मुसाफिर अन्सारी र सोही ठाउँका शेख छोटुको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिनुभयो ।
अन्य तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो । तीनै जनाको सनाखत हुन नसकेको भण्डारीले बताउनुभयो । घाइते तीन जनाको गरुडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।