प्रहरीको नयाँ अभ्यास : सडकमै चालकको आँखा र दाँतको जाँच
प्रकाशित मिति : पुस ५, २०७८ सोमबार
rfnssf] :jf:Yo k/LIf0f bdf}nL, !$ ebf} -/f;;_ M k[YjL/fhdfu{ cGtu{t tgx’Fsf] Jof; gu/kflnsf!@ l5s{g]df ;jf/L rfnssf] :jf:Yo k/LIf0f ul/Fb} . lhNnf k|x/L sfof{no / lhNnf 6«flkms k|x/L sfof{non] /fhdfu{ eP/ u’8g] Ps ;o @^ ;jf/L ;fwgsf rfnsx?sf] :jf:Yo k/LIf0f u/]sf] lyof] . t:jL/ M s[i0f Gof}kfg]
पूर्वपश्चिम राजमार्गमा बढ्दो दुर्घटना कम गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सडकमै सवारी चालक तथा सहचालकको आँखा र दाँत जाँच गरेको छ ।
प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया र विरगञ्ज सामुदायिक आँखा अस्पतालको संयुक्त सहकार्यमा पूर्वपश्चिम राजमार्गमा चल्ने नीजि तथा सार्वजनिक सवारी साधनका चालक तथा सहचालकको सडकमै आँखा र दाँतको जाँच गरिएको हो ।
जाँच शिविरमा चालक १११, सहचालक १७ र सर्वसाधारण २६ गरी १५४ जनाको निःशुल्क आँखा र दाँतको जाँच गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जाँच गरिएका चालकमध्ये थोरैमा मात्र आँखा सम्बन्धि समस्या देखिएको र धेरैमा अझै लाइटको कलर छुट्टयाउन सकिने तथा टाढासम्म हेर्न सकिने क्षमता रहेको पाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
यस्तै दाँत जाँच गरिएका चालकमध्ये अधिकांशमा दाँतको समस्या देखिएको र पानपराग तथा गुटखा खाने गरेको पाइएको उहाँको भनाइ छ । लामो दूरीका सवारी चालकमा बाटोमै निदाउने, स्वास्थ्य बिग्रिने जस्ता समस्यासमेत पाइएकाले ती चालकलाई थप स्वास्थ्य उपचारका लागि सल्लाह दिइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताउनुभयो ।





