बेलायतमा झन् बढ्यो कोरोना, एकै दिनमा ५१ हजार जना सङ्क्रमित !


प्रकाशित मिति : मंसिर २३, २०७८ बिहीबार

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् ।यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ धेरै लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् ।

बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी देखिएका हुन् । सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट यहाँ ५१ हजार भन्दा बढी मानिस यहाँ सङ्क्रमित भएका छन् ।

अघिल्लो हप्ता यहाँ सङ्क्रमित केही घटेका थिए । तर बुधबार भने यहाँ यतिधेरै संक्रमित देखिएका बताइएको हो । योसमेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड ६ लाखभन्दा बढी पुगेको छ । बेलायतमा सोमबार मात्र १६१ जना यो सङ्क्रमणबाट मृत्यु भएको छ ।योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये नौ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । यहाँका १६ वर्षमाथिका करिब सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर पनि पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com