स्पेनमा रहेकाे मेसीकाे हाेटल तत्काल भत्काउन अदालतकाे आदेश, होटेल २६ मिलियन पाउण्ड लगानीमा बनेको !
प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ । डेली मेलका अनुसार मापदण्डविपरित होटल बनाएको भन्दै अत्याधुनिक सुविधासम्पन्न होटल मिम सिटगेशलाई अदालतले तत्काल भत्काउन आदेश दिएको हो ।
उक्त होटेल २६ मिलियन पाउण्ड लगानीमा बनेको छ । मेसीले यो होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए । ७७ वटा कोठा रहेको यो होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको छ। यो होटलमा एउटा रूमको प्रति रात करिब १०५ पाउण्ड खर्च लाग्छ।

द सनका अनुसार यो होटेलका बाल्कोनी, फायर प्लानलगायत अन्य संरचना तोकिएको मापदण्ड अनुसार नभएको भन्दै अदालतले भत्काउन आदेश दिएको हो। मेसीलाई होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गरेको बेला थाहा नभएको प्रतिक्रिया दिएका छन्।






