अमेरिकाबाट बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार, कोही अधिकारी उपस्थीत नहुने


प्रकाशित मिति : मंसिर २०, २०७८ सोमबार

अमेरिकाले बेइजिङ विन्टर ओलम्पिक औपचारिक रुपमा बहिष्कार गरेको घोषणा गरेको छ । अमेरिकाले राष्ट्रपति जो बाइडेन वा अन्य कुनै सरकारी अधिकारीहरु आगामी फरबरीमा हुने बेइजिङ ओलम्पिकमा नपठाउने ह्वाइट हाउसले सोमबार घोषणा गरेको छ ।

चीनको मानवअधिकारी उल्लंघनप्रति असन्तुष्ट अमेरिकाले यस्तो कदम चालेको हो । कूटनीटिक रुपमा बहिष्कार गरेपनि अमेरिकन खेलाडीहरुलाई भने ओलम्पिकमा भाग लिनबाट रोकिने छैन ।

अमेरिकालाई यस्तो प्रकारको बहिष्कारका लागि महिनौंदेखि दवाव बढ्दै गएको थियो । दुबै पार्टीका सांसदहरु र मानव अधिकारकर्मीहरुले बाइडेन प्रशासनलाई ओलम्पिकमा सहभागी नहुन दवाव बढेको थियो । चीनले हङकङमा प्रजातान्त्रिक अधिकारकर्मीहरुबिरुद्ध लिएको रवैया र चीनको सिन्जाङमा रहेका मुस्लिम समुदायविरुद्ध दमनकारी नीतिबिरुद्ध असहमति स्वरुप अमेरिकाले यो कदम चालेको हो ।

चीनले सिन्जाङ क्षेत्रमा मुस्लिम समुदायविरुद्ध गरेको व्यवहारलाई अमेरिकाले नरसंहार बताउदै आएको छ । खेलको बहिष्कारको अर्थ चीनले गरेको मानवअधिकार उल्लंघनविरुद्ध आवाज उठाउन छोड्नु भने नरहेको ह्वाइट हाउसले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com