हरियाणामा कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु


प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार

उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भारतको राजधानी दिल्लीको बाहिरी भागमा रहेको गुरुग्राम जिल्लाको साधराना गाउँ नजिकै उक्त दुर्घटना भएको हो ।
सेक्टर ८४ स्थित जेनेसिस अस्पतालका ६ जना कर्मचारी अस्पताल फर्किंदै गर्दा स्थानीय समय अनुसार बिहान १ बजे दुर्घटना भएको हो ।

हरसरु–साधराना सडकमा तीब्र गतिमा गुडिरहेको कार अनियन्त्रित भई इँटामा ठोक्किएर सडक छेउमा पल्टिएको स्थानीय अखबार द ट्रिब्यूनले प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ । घाइते कर्मचारीलाई अस्पताल भर्ना गरिएको छ ।

अखबारकाअनुसार पीडितहरू आफ्ना सहकर्मीको विवाह समारोहमा भाग लिएर अस्पताल जाँदै थिए। मृतकहरु विभिन्न राज्यका रहेको पत्रिकाले जनाएको छ ।’हामीले शवलाई शवगृहमा राखेका छौं र परिवारलाई जानकारी गराएका छौं। हामी यस विषयमा थप अनुसन्धान गरिरहेका छौं,’ प्रहरी अधिकारी राकेश कुमारलाई उद्धृत गर्दै अखबारले लेखेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com