खेलकुदमा महिलाभन्दा बढी पुरुष मानसिक र शारीरिक दुव्र्ययवहारको सिकार,बेल्जियममा सबैभन्दा बढी


प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार

खेलकूदमा पुरूष खेलाडीभन्दा महिला खेलाडी बढी पीडित हुने सम्भावना रहेको शनिबार सार्वजनिक गरिएको छ वटा युरोपेली मुलुकका १० हजारभन्दा बढी व्यक्तिको अध्ययनले देखाएको छ ।

तीन चौथाइ बालबालिकाले खेलकुदमा दुव्र्यवहारको सामना गर्नुपरेको उक्त अध्ययनले देखाएको छ । युरोपेली संघद्वारा सञ्चालित अध्ययनले देखाएअनुसार विद्यालयबाहिर खेलकुदमा भाग लिने केटाकेटीले प्रशंसाको कमीदेखि लिएर अपमानजनक उपचारसम्म भोग्नुपरेको र सबैभन्दा सामान्य प्रकारको दुव्र्यवहार मनोवैज्ञानिक रहेको उक्त अध्ययनले देखाएको छ ।

खेलकूदमा बाल दुव्र्यवहार शीर्षकमा सर्वेक्षण गरिएको र सर्वेक्षणमा सम्लग्नहरूमध्ये झन्डै दुई तिहाइले मानसिक दव्र्यवहार भोगेका पाइएका छ अर्थात् ४४ प्रतिशत खेलकर्मीले शारीरिक हिंसा भोगेका थिए ।

उक्त रिपोर्टका प्रमुख लेखक तथा इङ्ल्याण्डको ‘एज हिल’ विश्वविद्यालयका प्राध्यापक माइक हार्टिलले उक्त निष्कर्षले देखाएअनुसार युरोपमा खेलकुदमा शासन गर्नेहरूले खेलकुदमा बालबालिकाको अधिकार संरक्षण गर्न ‘अत्यन्तै थोरै’ प्रयत्न गरेका छन् । उनीहरूले ‘नीतिमात्र बनाउनुभन्दा यसलाई कार्यान्वयनमा लान अझै धेरै’ गर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामीले पत्ता लगाएका कुराहरू पक्कै पनि साह्रै चिन्ताको विषय हुन् । हालैका समयमा हामीले खेलकुदमा बाल दुव्र्यवहारका धेरै उच्च–प्रोफाइल घटनाहरू देखेका छौं, तर यस अनुसन्धानले हामीलाई समस्याको व्यापकता अझ स्पष्टसँग बुझ्न मदत गर्छ,” हार्टिलले भन्नुभयो ।

एज हिल विश्वविद्यालय र जर्मनीको वुपरटल विश्वविद्यालयको नेतृत्वमा गरिएको यस अध्ययनले १८ वर्ष पुग्नु पहिल्यै खेलकुदमा भाग लिएका १८ देखि ३० वर्षका व्यक्तिहरूलाई प्रश्न गरेको थियो । अध्ययनले दुव्र्यवहारको सबैभन्दा धेरै घटना अन्तरराष्ट्रिय तवरमा प्रतिस्पर्धा गरेका बालबालिकाहरूमा रहेको देखाएको छ । त्यस स्तरमा ८४ प्रतिशत किशोरकिशोरीहरूले कुनै न कुनै प्रकारको दुव्र्यवहार भोगेका थिए ।

समाजशास्त्रका विशेषज्ञ हार्टिलले अक्सर प्रशंसा वा प्रोत्साहनको अभावलाई खेलकूद्को दुव्र्यवहारको रूपमा उल्लेख गरिएको बताउनुभयो ।

“केटाकेटीको प्रशंसा गर्न नदिनु हानिकारक हुन सक्छ । मोनाको वल्र्ड एथलेटिक्सको मुख्यालयमा अध्ययन सुरु गर्नुपूर्व एक गोष्ठीमा बोल्दै उहाँले बताउनुभयो । यो हल्का घटनादेखि लिएर अझ गम्भीर दुव्र्यवहारको लागि सङ्केतको रूपमा प्रयोग हुन सक्छ ।

अस्ट्रिया, बेल्जियम, जर्मनी, रोमानिया, स्पेन र बेलायतको वालोनिया क्षेत्रमा जम्मा १०,३०२ जनालाई प्रश्न गरिएको थियो । तिनीहरूलाई मतदान कम्पनी ‘इप्सोस मोरी’द्वारा वितरण गरिएको अनलाइन प्रश्नावली पूरा गर्न आग्रह गरियो र रोचक जवाफहरूले अनुसन्धाताहरूका लागि थप प्रश्नहरू खडा ग-यो । अध्ययन गरिएका यूरोपेली मुलुकमध्ये बेल्जियममा सबैभन्दा बढी ८० प्रतिशत दुव्र्यवहार थियो भने सबैभन्दा कम अस्ट्रियामा (७० प्रतिशत) थियो । अस्ट्रियाबाहेक सबै देशमा केटाहरूले हिंसाको सामना गर्ने सम्भावना निकै बढी थियो।

सह–लेखक प्राध्यापक बेटिना रुलोफ्सले बताएअनुसार विशेष गरी एउटा निष्कर्षले अनुसन्धाताहरूलाई छक्क पारेको थियो । “खेलकूदमा लागेका केटीहरूको तुलनामा यौन हिंसाको शिकार पुरुषहरू बढी हुनु उल्लेखनीय कुरा हो ।” लेखकहरूले उक्त रिपोर्टले देखाएअनुसार थुप्रै खेलकुद निकायहरूले मनोवैज्ञानिक विषयहरूमा यौन हिंसा विरुद्ध सुरक्षाबाहेक आफ्नो नीति विस्तार गर्न असफल भएका छन् ।
हार्टिलले भन्नुभयो, “दुःखको कुरा, यी निष्कर्षले खेलकुदमा गहिरो जरा गाडेर रहेका विवादहरू समाधान गर्न खासै केही गरेको छैन भन्ने संकेत गर्छ ।”

“युरोपमा खेलकुदलाई हेर्ने संस्था तथा नेतृत्वले नीति निर्माण गरेर मात्र पुग्दैन । यो समस्या अन्ततः खेलकुदमा वयस्क र बच्चाहरूबीचको सम्बन्धभित्रै आधारित हुन्छ ।”

तथापि, उक्त रिपोर्टले खेलकुदको दुव्र्यवहार समग्र समाजमा भन्दा धेरै कम रहेको देखाएको छ । रिपोर्ट अनुसार ८५ प्रतिशत वयस्कहरूले केटाकेटीको हैसियतमा खेलकुदबाट सकारात्मक अनुभव गरेको पनि बताएका थिए । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com