चीनमा जन्मदर वृद्धि गर्न प्रसूति बिदा बढाइने,एक दम्पत्तीले तीन बच्चासम्म जन्माउन पाउने


प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार

चीनका धेरै क्षेत्रहरूले कम्तीमा ३० दिनसम्म प्रसूति बिदा विस्तार गर्ने तयारी गरेका छन् । न्यून जन्मदरका कारण देशले जनसाङ्खिक सङ्कटको सामना गर्ने देखिएपछि चीनले बालबालिका पालनलाई प्रोत्साहन गर्ने नवीनतम प्रयास स्वरूप प्रसूति बिदा विस्तार गर्ने भएको छ । सरकारको यो निर्णयलाई सरकारी कार्यालय, संघसंस्था तथा नीजि संस्थाले पनि प्रोत्साहन गर्ने बताएका छन् ।

यसै वर्ष कडा परिवार नियोजन नियमहरूलाई अन्त्य गर्दै दुईभन्दा बढी बच्चा जन्माउन प्रोत्साहन गर्ने सरकारको नीतिपछि बालबालिकाको हेरचाहलाई सहज बनाउन प्रसूति बिदा विस्तार गर्ने योजना सार्वजनिक भएको हो ।

तीव्र गतिमा वृद्धि देखिएको वयस्क जनशक्तिका कारण उत्पादन तथा अर्थव्यवस्थामा सुस्तता आएपछि चिनियाँ प्रशासनले युवा जनशक्ति बढाउन विविध प्रयासहरू गरिरहेको अधिकारीहरूले बताएका छन् । शुक्रबार बेइजिङ नगर प्रशासनले महिलाहरूले अब यस पहिले लिँदै आएको १२८ दिनको प्रसूति विदामा एक महिना (३० दिन) विदा थप गरी १५८ दिन विदा पाउने घोषणा गरेको छ ।

शाङ्घाईको प्रशासनले पनि एक दिनअघि (बिहीबार) यसै प्रावधानलाई कानूनी मान्यता दिने घोषणा गरेको छ । पूर्वी झेजियाङ प्रान्तमा दोस्रो वा तेस्रो बच्चाका आमाहरूले अब जम्मा १८८ दिन लिन सक्ने बनाइएको सिन्ह्वा न्यूज एजेन्सीको एक समाचारमा उल्लेख गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालु राष्ट्रिय नियमावलीअनुसार आमाले ९८ दिन पारिश्रमिक पाउने प्रसूति बिदा पाउने व्यवस्था छ । यस मुद्दाले अनलाइन छलफललाई व्यापकता दिएको छ । केही विश्लेषकहरूले यो परिवर्तनले कम्पनीहरूलाई महिलाहरूलाई रोजगारी दिनेबारे गम्भीर भएर सोच्न बाध्य पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

एक जना इन्टरनेट प्रयोगकर्ताले एएफपीसँग भने, “प्रशासनको यो निर्णयले महिलाहरूको बेरोजगारी दर अझ बढाउन सक्ने देखिन्छ ।” अन्य केहीले बेइजिङमा १५ दिनमै पितृत्वको हक किन अपरिवर्तित रह्यो भन्ने पनि प्रश्न गरेका छन् ।

राजधानीमा नयाँ बुबाहरूले आफ्नो साथीको कोटाबाट विदाका दिनहरू लिएर मात्र आफ्नो शिशु स्याहार विदा विस्तार गर्न सक्छन् । त्यस्तै, झेजियाङमा पुरूषलाई शिशु स्याहार विदा १५ दिन र शाङ्घाईमा १० दिन रहेको छ ।

यो परिवर्तनले उद्यमीहरूले पुरुषहरूलाई महिलाहरूभन्दा बढी मन पराउने अवस्था ल्याउनसक्ने टिप्पणी इन्टरनेटको सक्रिय प्रयोग गर्ने एक अर्का व्यक्तिले बताए । चीनले सन् २०१६ मा विश्वकै सबैभन्दा कडा पारिवार नियोजन नियमावलीमध्येको एक ‘एक बाल नीति’ लाई अन्त्य गर्दै चिनियाँ दम्पतीलाई दुई सन्तान जन्माउने अनुमति दिएको थियो ।

सरकारले सन्तान जन्माउनसक्ने प्रावधानलाई थप लचिलो पार्दै यो वर्षको सुरुतिर एक दम्पत्तीले तीन बच्चासम्म जन्माउनसक्ने बनाएको थियो । गत वर्ष प्रति एक हजार चिनियाँबाट करिब नौ बच्चा जन्मिएको रेकर्ड गरिएको थियो । यो सन् १९७८ मा वार्षिक तथ्याङ्क सुरु भएदेखिको सबैभन्दा कम हो । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com